२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

देश बन्न मान्छे चाहिन्छ ।

निम्बतरु

देश बन्न मान्छे चाहिन्छ
त्यो पनि सपना देख्ने मान्छे चाहिन्छ

मान्छे भए न देश देश जस्तो हुन्छ
मान्छे नभएको देश कस्तो हुन्छ ?
थाहा छ?

समुन्द्रमा मान्छे छैन तसर्थ देश छैन
आकाशमा मान्छे छैन त्यसैले देश छैन
चन्द्रमामा पनि मान्छे छैन देश छैन
त्यही भएर
जहाँ मान्छे हुन्छ त्यहाँ देश हुन्छ
जहाँ मान्छे हुन्छ त्यहाँ देश हुन्छ

मान्छे भएन भने कुनै हालतमा देवता पनि हुदैन
मान्छे भएन भने कुनै राक्षस पनि हुदैन

केही बेर नर बहादुरले
भित्ता भरि टाँगिएका तस्वीरहरु हेर्यो
भन्यो
अब मेरा मान्छे यिनै हुन्
अलिपर बराहथान चिहानमा पुगेर भन्यो
एउटा दुइटा मान्छे थिए अब यहाँ छन
अब म मरेपछि मलामी छैन
भक्कानिदै भन्यो
भाईको लाशले मलामी कुरेर रहेको महिना भयो
भाईको श्रीमतीले फ्रिजमा कुरिरहेछ आफन्त
बूढो घरले बूढो मान्छे कुरिरहेछ
त्यो एउटा भएको बूढो मान्छे पनि गिध्दले कुरिरहेछ

के अब यो गाउँ हशिमा टापु जस्तै
प्रिप्यात शहर जस्त‌ै हुँदैछ
सेंट्रालिया, पेन्सिल्भेनिया शहर जस्तै
ओराडौर-सर-ग्लेन शहर जस्तै हुने क्रम छ
जहाँ शहरको अवशेष छ मान्छे छैनन् ।

के अब मान्छेहरु तस्वीरमा मात्रै सिमित हुने भए ?
के अब मोआई मूर्तिहरु मात्रै भएको ईस्टर टापु भयो यो देश ?
के अब जनावर मात्रै भएको निकुञ्ज भयो यो देश ?

मान्छे मध्येको युवा मान्छे भएको देश पो देश
मान्छे मध्येको पसिना भएको मान्छे भएको देश पो देश
मान्छे मध्येको तातो रगत भएको मान्छे भएको पो देश
मान्छे मध्ये जीब्रो भएको मान्छे पो मान्छे

देश बन्न मान्छे चाहिन्छ
त्यो पनि सपना देख्ने मान्छे चाहिन्छ
स्ट्याचु चाहिदैन
मूर्तिजस्तो देवता चाहिदैन
मोआई मूर्तिहरु मात्र भएको ईस्टर टापु चाहिदैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै