१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

मेरो वरिपरि भूतपिशाच पनि छ

निम्बतरु

आज मैले धेरैबर्षमा घाम देखें
अल्छी बादलले आधा छोपिएको
चिलाइरहने मन मैले फुकालेर
बार्दलीमा घुसारेको थिएँ
मैले भने नी
तिमीसम्म मन पुग्दा
घिसारेर फिर्ता ल्याएको थिएँ

मेरो आधा शीरमा चन्द्रमा
आधा शीरमा बिषधारी सर्प छ
जो घाँटीमा बेरिएको छ
मैले भनें त
म कति शित्तल छु
कति जलिरहेछु
जो घाँटीमा बेरिएको छ बिषालु सर्पभन्दा खतरा भाग्य
तसर्थ म अर्धनारीश्वर पनि भएको छु

मैले भनें त
महादेवको वरिपरि नन्दीभृंगी पनि हुन्छन्
ईश्वर मात्रै हुँदैन
भूतप्रेत मसान सँग पनि उनी हुन्छन्
श्मशानवासी र वितरागी हुन
राक्षसहरु पनि मसँग छन्

सौम्य र आशुतोष भएर पनि
भयंकर रुद्र (रुद्र रस)
मसँग धेरैजसो पशुपन्छीको समभाव पनि छ
मैले भनें त
मसँग कीराफट्याङ्ग्राको स्वभाव पनि छ
म अब मान्छे मात्रै रहिनँ

म त्यसै आज ताण्डव नाचेको होइन
डमरु समान मुटुको स्पन्दन जब बज्यो

मेरो दिमाग आधा गोबरले भरिएको छ
यस्तोमा झारपात उम्रन्छ नै

मेरै जटाबाट बगिरहेछ ढलजस्तो बाग्मती
तिमी पनि भर्खरै स्नान गरेर बाहिरियौ
अहिले तेस्राे नेत्र खुलेको छ संसार सर्वनाश छ
मैले पिएँ
जो प्रेमको समुन्द्र मन्थनमा कालकुट निस्कियो
तब भस्म घसेर हिँड्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै