१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

जनजागृति मा.बिले मनायो ६६ औं बार्शिक उत्सब

हृदय भुसाल अर्घाखाँची । जनजागृती माध्यमिक बिधालय भुमिकास्थान १० धन्चौरको ६६ औं बार्शिक उत्सब एबम अभिभावक दिबश कार्यक्रम सनिवार सम्पन्न भएको छ । बार्शिक उत्सब कार्यक्रमका प्रमुख अथिती एबम शिक्षा बिकास समन्वय एकाई प्रमुख बिष्णु बेल्वासेले बिद्यार्थीलाई बिधालयमा ल्याउने, गुणस्तरिय शिक्षा दिने प्रमुख कुरा भएको भन्दै शिक्षामा सूचना प्रबिधिको उच्चतम प्रयोग गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । प्रतिस्पर्धाको युगमा अब शिक्षक बिद्यार्थी र सरोकारवाला हरु पनि प्रबिधिमा विशेष ख्याल गर्दै पठानपाठनको शैली पनि समयअनुकुल परिवर्तन गर्दै जानु पर्ने बताउनु भयो । सामुदायिक बिधालय प्रति आकर्षक घड्दो भएको भन्दै यस बर्षलाई सिकाई उपलब्धी वृद्धि बर्षकै रुपमा एक बर्से कार्ययोजना बनाई बर्तमान चुनौती लाई सबैले सामाना गरेर अगाडी बढ्नु पर्ने इकाई प्रमुख बेल्वासेले बताउनु भयो । भुमिकास्थान नगरपालिकाका शिक्षा शाखा प्रमुख तुबलाल सापकोटाले भुमिकास्थान नगरपालिकाले शिक्षाको गुणस्तर बिकासका लागी विशेष योजनाका साथ अगाडी बढेको भन्दै नगरपालिकाले शिक्षामा धेरै लगानी गरेकोले यसको परिणाम निस्कने गरि काम गर्न निर्देश दिनु भयो ।कोभिडको कारणले बिधालय हरु अस्तब्यस्त बनाएको लामो समयपोछी शिक्षा क्रमश सुधारको बाटोमा आएको भन्दै केहि समस्या गुनासो प्रश्न जिज्ञासा भए सिधै जानकारी गराउन समेत आग्रह गर्नु भयो । कार्यक्रममा पुर्ब जिबिस सभापति एबम पुर्ब बिब्यस अध्यक्ष पिताम्बर भुसालले बिधालयको वृद्धि बिकासका लागी आफुहरुले जतिबेला पनि दिनरात नभनि लाग्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य जनकलाल गैरे,नेपाली काग्रेसका पुर्ण भट्टराई,नेकपा एमालेका कृष्ण प्रसाद गैरे, नेकपा एकीकृत समाजबादीका बिष्णु चुदाली,रास्ट्रिय जनमोर्चाका बिष्णु भट्टराई पत्रकार महासंघका निबर्तमान सचीव हृदय भुसाल,वडा स्थित सम्पुर्ण बिधालयको तर्फबाट सरस्वती आधारभुत बिधालयका प्रधानध्यापक भोजन गुरुङ,पुर्ब बिद्यार्थी राम प्रसाद गैरे, शिक्षक अबिभाबक संघका अध्यक्ष नवीन घ.म बिधालको तर्फबाट शिक्षक पबित्रा भुसाल, बिद्यार्थीहरुको तर्फबाट अबिन घ.म मनुजा रायमाझी,लगायतले सुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एक शैक्षिक शत्रको प्रगति प्रतिबेदन बिधालयका निमित्त प्रधानध्यापक तेजबन्ती खत्रीले प्रस्तुत गर्नुभएको थियो । दिबशको अबसरमा विभिन्न कक्षामा प्रथम,द्वितीय,तृतीय स्थानका साथै अतिरिक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बिधालयका अभिभावक,चन्दादाता,पुर्ब शिक्षक, पुर्ब बिद्यार्थी, अक्षयकोषदाता,जग्गादाता,शिक्षा प्रेमी,समाजसेवि प्रेमलाल शर्मा,मान बहादुर रायमाझी लगायतको उपस्थिति तथा आथित्यता रहेको थियो । कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष रुद्र चुदालीको अध्यक्षता शिक्षक नितु रानाको स्वागत मनतब्य तथा बिधालयका बिधालय सहायक रुद्र भट्टराईको संचालनमा सम्पन्न भएको थियो । बि.स २०१६ सालमा स्थापना भएको बिधालयले महत्त्वपूर्ण ब्यक्तित्वहरु उत्पादन समेत गरेको छ । उक्त बिधालय नमुना बिधालयमा छनोट भैई अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै