१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

डिभिजन वन कार्यालय पाल्पाको आयोजनामा डढेलो नियन्त्रण, वन्यजन्तु नियन्त्रण तथा वनको उपयोगबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

पदम गैरे पाल्पा – डिभिजन वन कार्यालय पाल्पाको आयोजनामा डढेलो नियन्त्रण, वन्यजन्तु नियन्त्रण तथा वनको उपयोगबारे अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवको हितमा वन तथा प्राकृतिक सम्पदाको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा लुम्विनी प्रदेश सरकारमा प्रमुख सचिव बावुराम अधिकारीले वनको बहुउपयोग गरेर आम्दानी गर्न सकिने धारणा राख्नुभयो । वनलाई संरक्षण गर्दै मानवको हितमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लुम्विनी प्रदेश सरकारले आगामी वर्षदेखि प्राङ्गारिक मलको उपयोग बढाउन विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
रासायनिक मलको प्रयोगले स्वास्थ्य तथा माटोमा समेत नकारात्मक असर गरेको उल्लेख गर्नुहुँदै उहाँले आगामी पाँच वर्षभित्र रासायनिक मलको उपयोग शुन्य बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताउनुभयो । यसबाट वनको उपयोग हुनुका साथै मानव स्वास्थ्यमा सुुधार हुने प्रदेश प्रमुख सचिव अधिकारीको भनाई छ ।
यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले वन क्षेत्रको संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दा, उपभोक्ता, स्थानीय तह मिलेर अगाडि बढ्न सकेमात्र वनलाई जोगाउन सकिने धारणा राख्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न समस्या देखा परेको उल्लेख गर्नुहुँदै उहाँले मानवको भविष्यका लागि पर्यावरण जोगाउन सबै मिलेर हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले पाल्पा जिल्लामा ८६ प्रतिशत बढी वन क्षेत्र रहेको उल्लेख गर्नुहुँदै डढेलोबाट वन क्षेत्रलाई जोगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गत वर्ष मानवीय असाबधानीका कारण ४ प्रतिशत वनमा डढेलो लागेको जानकारी दिनुहुँदै अवका दिनमा वनलाई डढेलोबाट जोगाउन सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वनको उपयोगिता बढाउन प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वन महासंघ लुम्विनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले वन क्षेत्रका लागि सरकारले ल्याएको ऐन समुदायको हितमा नरहेको बताउनुभयो । उहाँले हामीले हुर्काएका वनलाई बहुउपयोग गर्न सकिने गरी सरकारले ऐन कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो । भण्डारीले सरकारले नेपालको काठबाट बनेका सामग्री खरिद गर्न सकिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तिनाउ सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दलबहादुर गुरुङ्, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै