१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

भूमिकास्थान-रुपन्देही समाजको क्यालेन्डर विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

टेकराज भुसाल,बुटवल ।  अर्घाखाँची भूमिकास्थान-रुपन्देही सम्पर्क समाजद्वारा नयाँ वर्ष २०८२ सालकाे क्यालेन्डर विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

भूमिकास्थानबाट रुपन्देही आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकालाई गोलबद्ध गरेकाे समाजले शनिवार बुटवल १३ बेलवासमा नव वर्ष २०८२ काे भित्रेपात्रो विमाेचन तथा शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा बुटवल-१३ का वडा सदस्य लालबहादुर गुरुङ, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासे, प्राध्यापक प्रेम पाैडेल, समाजका उपाध्यक्ष रामप्रसाद भुसाल, सल्लाहकार उमलाल बन्जाडे, कमल खनाल, गिता बन्जाडे, अभय पाैडेल लगायतले बाेल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउदै भूमिकास्थानबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नुभएका सम्पूर्णले आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारीका रुपमा समाजलाई स्थापित गर्नुपर्नेमा जाेड दिनुभएको थियो।

कार्यक्रममा गत फागुन १४ गते सम्पन्न नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे निर्वाचनमा सचिव र सहसचिवमा निर्वाचित समाजका उपाध्यक्षहरु रामप्रसाद भुसाल तथा ढुण्डिराज खनाल त्यस्तै काेषाध्यक्ष तथा सदस्यहरुमा निर्वाचित समाजका सदस्यहरु सुमित्रा खनाल, घनश्याम पाैडेल, अन्जना खनाल (पाैडेल), मिना खनाल (आचार्य)लाई सम्मानपत्र सम्मान समेत गरिएको थियो।

कार्यक्रम अध्यक्ष लक्ष्मण बेलवासेकाे अध्यक्षता, सचिव यमप्रसाद गैरेकाे संचालन तथा उपाध्यक्ष कृष्णप्रसाद मरासिनीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै