काठमाडौँ- पूर्वराष्ट्रपति द्वय: रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
काठमाडौँमा घर भएपनि घरभाडाबापत उनीहरूले मासिक लाख बढी रकम बुझेको भन्दै आयोगमा उजुरी परेको हो। केहि समय अगाडि ‘काठमाडौँमै घर भएका पूर्वराष्ट्रपति यादव र भण्डारीले बुझ्छन् लाखौं घर भाडा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।