स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध, १५ क्याम्पसलाई चुनावी प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर त्रिभुनव विश्वविद्यालय (त्रिवि) को भोलि हुन गइरहेको स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन र निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गर्नुभएको हो ।

निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानूनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानूनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले स्ववियु चुनावको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई चुनावी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु चुनाव रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको हो । निर्देशन दिएकामध्ये काठमाण्डौ उपत्यकाका छ र बाहिरका नौ आङ्गिक क्याम्पस रहेका छन् ।

काठमाण्डौ उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा चुनावी प्रक्रिया अगाडि बढेको छैन ।

यस्तै, काठमाण्डौ उपत्यका बाहिरका  सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन ।

त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा भोलि स्ववियु चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img