सगुन खाएपछि


निम्बतरु

थानको वरिपरि
वापाले सेतो अक्षता छरेजस्तो
मिनाम ल्हेषको दिन
तुषारो पर्यो थानाको भीर
वापाले जल ,थल, हावाको पूजा गरेजस्तो
सेतो अक्षता छर्केर
बादलले तुषारो छर्यो पाखाभरि

थानाको भीरले एक छ्याल तुषारो खाएपछि
थुम्का,बेंसी ,खोल्सा र भञ्ज्याङहरुलाई वर्नौली खुवायो
सोर्साए, सुसाए र चिसो भए
सगुन खाएपछि
वर्नौली नाच नाचे
सालको पातको झोला भिरेर
जन्ती र लोकन्तोहरु मात्तिए पनि ।

तुषारो परेको दिन
खोला छेउछाउ पितृको पूजा गरेपछि
वाक्से र छाङ पिएपछि
आधा दिन सुतें म
ब्युँझुञ्जेल त वन खाईसकेछ काँडाको छोराले
मैले खोस्मेरा बटुलेर फर्कें
जूनले निधारमा टोकिरहेथ्यो ।

पूरै उचालेर लानुपर्ने पनि
गोबरको देवता
थानमा/ खोलामा
चुठाईदेऊ/पखालिदेऊ

कार्तिकमा कुकुर तिहारमा कुकुर पुजेको
आज प्रसाद आँगनभरि पाइयो
काँधमै अक्षता पाइयो कागद्वारा
काग तिहारको बदला
तिमीले हामीले जो भोट दियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै