
अर्घाखाँची । प्रगतिशील लेखक संघ नेपाल अर्घाखाँचीको प्रथम बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले चौथो जिल्ला अधिबेशनको समिक्षा धन्यवाद ज्ञापन, प्रदेश अधिबेशनका लागी प्रतिनिधि छनोट, बुद्धि रायमाझी इस्मृती ग्रन्थको बितरण लगायतका महत्त्वपूर्ण निर्णय गरेको सचीव ह्र्दय भुसालले जानकारी दिनु भयो । बैठकमा सल्लाहकार कमल प्रसाद घिमिरे, अग्रज लेखक नेत्र ढुगाना लगायतको आथित्यता रहेको थियो । लेखक संघले अब बार्षिक कार्ययोजना निर्माण गरि अगाडी बढ्न लागेको अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले बताउनु भयो। बैठक अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षता र सचिब हृदय भुसालको संचालनमा सम्पन्न भएको हो ।