कोहलपुरमा युवाका सम्भावना र चुनौतीमाथि बहस

बाँके:कोहलपुरमा जारी लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको छ। कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजनामा भएको यो फेस्टिवलमा शिक्षा, प्रविधि, राजनीति, वातावरण संरक्षण र समाज सुधार जस्ता विषयमा गहिरो छलफल(बहस) भएको छ।

युवाका पाँच महत्त्वपूर्ण विषयमा बहस
कार्यक्रमको दोस्रो दिन पाँच विषयमा छलफल भयो। विभिन्न क्षेत्रका विज्ञ, नेताहरू र युवाहरूले विचार राखेका थिए।
१. राजनीतिमा युवा
यस सत्रमा बाँके क्षेत्र नम्बर १ का सांसद सूर्यप्रसाद ढकाल र पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज सहभागी भए।
गहतराजले भने,युवाहरू राजनीतिमा आउनुपर्छ। उनीहरूकै हातमा देशको भविष्य भएको बताउनुभयो ।
२. राजनीतिमा महिला
लुम्बिनी प्रदेश सांसदहरू कृष्णा केसी, बसन्ती अधिकारी, सञ्जुकुमारी चौधरी र कोहलपुर उपप्रमुख संगीता सुवेदीले विचार राखे।
सुवेदीले “महिलाको संख्या मात्रै होइन, उनीहरूको प्रभावकारिता पनि बढ्नुपर्छ युवाहरूलाई अवसर दिनुपर्ने कुरामा स्थानीय सरकार प्रतिबद्ध भएको जानकारी दिनुभयो ।
३. वातावरण संरक्षणमा युवा
बाँके राष्ट्रिय निकुञ्जका मन्दिप पंगेनी र वातावरणविद् प्रेम बुढा वक्ताका रूपमा उपस्थित थिए। पंगेनीले “युवाले नै वातावरण जोगाउने नेतृत्व गर्नुपर्छ।”वातावरण सम्बन्धि अन्य कार्यक्रम गर्न निकुञ्ज सकारात्मक भएको बताउनुभयो ।
४. प्रविधि, शिक्षा र युवाको सम्बन्ध
लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारी, आईटी विशेषज्ञ अंकित श्रीवास्तव र नरेन्द्र न्यौपानेले प्रविधिको महत्वबारे बोले।
भण्डारीले भन्नुभयो”सफल हुन प्रविधिमा अब्बल हुनैपर्छ।”युवाले आफुले केही नयाँ प्रविधि भित्र्याउन सके नयाँ प्रविधि अनुसार शिक्षा स्वास्थ्य र रोजगार सिर्जना गर्न सकिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमको अन्तमा ५. समाज परिवर्तनका लागि युवा बिषयमा शंकर न्यौपाने, सरिता निलसागर र नमस्कार शाहले समाज सुधारमा युवाको भूमिका महत्वपूर्ण भनाई राख्नुभयो।
न्यौपानेले अगाडि थप्नुभयो:परिवर्तन युवाबाट सुरु हुन्छ।”युवाहरूलाई अवसर दिनुपर्ने आम स्थानीयको माग राख्नुभयो।
फेस्टिवलको अन्तिम दिनको तयारी

आयोजकका अनुसार अन्तिम दिन युवाका सीप, अवसर र उद्यमशीलताबारे छलफल हुनेछ।
यो फेस्टिवलले युवालाई सशक्त बनाउने, उनीहरूलाई नेतृत्वमा अघि बढाउने र समाज सुधारमा सक्रिय बनाउने लक्ष्य राखेको छ।लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन:२०८१ घोषणा पत्र जारी हुने आयोजक कोहलपुर युवा क्लब संजालका अध्यक्ष रमेश वरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img