सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय गाडी आयात

काठमाण्डौ – चालु आर्थिक वर्षको सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय सवारी (ईभी) आयात भएको छ ।

साउनदेखि माघसम्म १४ अर्ब ७५ करोड रुपैयाँको विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा ६ हजार दुई सय ५६ वटा विद्युतीय गाडी आयात भएको हो ।

यसबाट नाै अर्ब आठ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालमा विशेषगरी चीन, भारत, अमेरिका, जर्मनी र दक्षिण कोरियाबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।

विभागका अनुसार कुल विद्युतीय गाडी आयातको ८० प्रतिशत हिस्सा चीनले ओगटेको छ । चीनबाट ११ अर्ब ८७ करोड रुपैयाँ बराबरका चार हजार सात सय ६९ वटा विद्यतुीय गाडी आयात भएको छ ।

त्यस्तै सात महिनामा भारतबाट दुई अर्ब ६९ करोड रुपैयाँको एक हजार चार सय ५९ वटा, जर्मनीबाट १४ करोड रुपैयाँको १० वटा, अमेरिकाबाट दुई करोड १४ लाख रुपैयाँभन्दा बढीको पाँच वटा तथा दक्षिण कोरियाबाट दुई करोड रुपैयाँभन्दा बढीको तीन वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै