४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध

Workplace

लगाएको थप करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) मा विरोध जनाएको छ ।

जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले चीनबाट अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गर्नुभएको थियो । यस्तै ट्रम्पले गएको हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

विश्व व्यापार सङ्गठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार सङ्गठनको निर्णय लिने ‘जनरल काउन्सिल’ को यस वर्षको पहिलो बैठकमा विश्वले करका लागि शृङ्खलाबद्ध झड्काको सामना गरिरहेको बताउनुभयो । उहाँले एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की भन्दै विरोध गर्नुभयो ।

लीले अमेरिकी एकपक्षीयताले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई ध्वस्त पार्ने खतरा रहेको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै