बर्दी लगाएर तस्वीर खिच्ने/भिडियो बनाउने १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीमाथि कारबाही

काठमाण्डाै – सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, एक्स, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

कारबाहीमा परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ जना र परिचर २ जना रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गराइएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिप्पणी गर्ने कर्मचारीहरूलाई समेत कारबाही गर्दै आएको छ । सङ्गठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले सामाजिक सञ्जालमा अमर्यादित ढङ्गकाे तस्वीर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरी त्यसकाे विवरण यथाशीघ्र खुलाई पठाउन मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ ।

फागुन ४ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारवबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना र जवान २१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै