११ लाखभन्दा धेरै किशोरीले लगाए एचपीभी खोप, सबैभन्दा धेरै बाग्मती प्रदेशमा

काठमाण्डौ – माघ २२ गतेदेखि शुरू भएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी भएका छन् ।

अभियान शुरू भएको ९ औं दिन अर्थात माघ मसान्तसम्म ११ लाख ६१ हजारभन्दा धेरै किशोरीले खोप लगाएका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले खोप लगाएका छन् ।

यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जना किशोरीले खोप लगाएका महाशाखाले जनाएको छ ।

आउँदो मङ्गलवारसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिने सरकारको लक्ष्य छ ।

परिवार कल्याण महाशाखाका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान भइरहेको हो ।

नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै