निजामती कर्मचारी युनियन पाणिनीको द्रोसो अधिवेशन, अध्यक्षमा पौडेल, सचिवमा महत्रा

घनश्याम पौडेल अर्घाखाँची ।नेपाल निजामती कर्मचारी युनियन स्थानिय कार्यसमिती पाणिनीको द्रोसो अधिवेशन दुर्गाफाटमा सम्पन्न भएको छ । अधिवेशनले मेघराज पौडेलको अध्ययक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । जसको उपाध्यक्षमा गिता वाग्ले, प्रकाश भट्टराई, सचिवमा राजन महत्रा, सहसचिवमा मोहन महतरा, कोषाध्यक्षमा शालिकराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा शंकर विष्ट, यादव क्षेत्री, संगिता श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव पोख्रेल, नवराज पोख्रेल चयन भएका छन् ।सल्लाहकार समितीको संयोजकमा शेषकान्त घिमिर, सदस्यमा धुव्रराज घिमिरे र माधवराज पोख्रेल चयन भएका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सीराम पौडेलले निजामती कर्मचारीहरु जनताको पक्षमा काम गर्नुपर्ने बताउँदै राष्ट्र निर्माणमा निजामती कर्मचारीको भुमिका उल्लेखनीय रहेको बताए । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गेले कर्मचारीहरु संगठित भई कर्मचारीहरुको हक र हितमा काम गर्ने देशकै प्रमुख संगठन युनियन संघ रहेको बताए । कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, वडा नं. ३ का वडा अध्यक्ष युवराज ज्ञवाली, वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्का, सिविए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, निजामती कर्मचारीका कार्यवाहक अध्यक्ष दिपक पाण्डे, पत्रकार महासंघका सहसचिव घनश्याम पौडेल लगाएतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाणिनीका अध्यक्ष मेघराज पौडेलको अध्यक्षता, शालिकराम पाण्डेको स्वागत र राजन महत्राको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img