३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

गङ्गाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची  ।गङ्गाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था सितगगा १४को  वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सितगगा नगरपालिका नगर प्रमुख छबिलाल पौडेलले सहकारीहरु अब उत्पादन कार्यमा जोडिई आर्थिक बिकासको यात्रामा अगाडी बढाउनु पर्ने बताउनु भयो । स्थानिय स्रोतको प्रयोग गरि महिला हरु अब सहकारी मार्फत स्वरोजगारको बाटोमा अगाडी बढ्नु पर्ने भन्दै नगर प्रमुख पौडेललेले त्यसका लागी सहयोग गर्न नगरपालिका तयार भएको बताउनु भयो । साधारणसभामा नगरपालिका प्रमुख  प्रशासकिय अधिकृत  मदन ब. जि.सी., हेफर इन्टरनेशनल नेपालका वरिष्ट कार्यक्रम प्रबंधक प्रेम स्यम्भु ,वडा अध्यक्ष  दामोदर  न्यौपाने , मेस्डो कपिलवस्तुका कार्यकारी निर्देशक दिपक खनाल लगायतले सुभकामना मनतब्य राख्नु भएको सहकारीले जनाएको छ ।साधारण सभाले सिमा सिँजापतिको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ ।जसको उपाध्यक्ष पार्वती न्यौपाने सचिव ज्ञानुकला पचभैया सहितको नयाँ पदाधिकारी चयन गरेको छ । साधारणमा एक आर्थिक बर्षमा भएका गतिविधिहरु समेटिएको प्रगति तथा आर्थिक प्रतिबेदन समेत परित गरिएको थियो । साधारणसभा सस्थाका अध्यक्ष सिता लामिछाने दर्लामीको अध्यक्षता र  कृष्णा दर्लामीलेको संचालनमा सम्पन्न भएको थियो । सहकारीको साधारण सभामा जनप्रतिनिधि विभिन्न संघ सस्थाहरुको उपस्थितिमा भब्य  रुपमा सम्पन्न भएको निबर्तमान अध्यक्ष सीत दर्लामीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै