१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

इमेज सहकारीका सञ्चालकसँग मेलमिलाप भएपछि पीडितले २३ करोड ७५ लाख रुपैयाँ फिर्ता पाए

उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् । उनीहरुको मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो । उनीहरुको ठगीएको रकम २३ करोड ७५ लाख रुपैयाँ रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकम घटेको छ ।

जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले यो मुद्दा नमूना भएको बताउनुभयो । नेपालीविरुद्धको ठगी मुद्दा भने यथावत रहनेछ । उनी अहिले पूर्पक्षका लागि जिल्ला कारागारमा छन् । गएको असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

एक हजार पाँच सय ७३ जनाले नेपालीसहित सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर गरेका थिए । मेयर नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । रेड कर्नर नोटिस जारी भएपछि देवकुमार नेपालीलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै