बुद्ध एअरको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरिवाना

काठमाण्डौ – बुद्ध एअरले विमानको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरिवाना तिराएको छ । दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिवाना तिराइएको बुद्ध एअरले जनाएको छ ।

कम्पनीका अनुसार जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरिएको बुद्ध एअरले जनाएको छ ।

अस्ति बुधवार पोखराबाट काठमाण्डौ उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो विमान उडेको थियो ।

यसैगरी गएको असोज २४ गते काठमाण्डौबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको आपतकालीन ढोका खोलेका थिए । त्यसपछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाण्डौबाट प्राविधि समूह गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो ।

यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो । अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुलाई अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा एक लाख क्षतिपूर्ति तिराइएको बुद्ध एअरले जनाएको छ ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २)१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

- Advertisement -spot_img
-Advertisement-spot_img