८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

आइतवार र सोमवार पानी पर्ने सम्भावना

Workplace

आज पनि कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी  र बाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही ठाउँमा हुस्सु लागेको छ ।

आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका  धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै