८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

भूमिकास्थानले बजार अनुगमन गर्दै भन्यो: मापदण्ड पुरा गरि पसल संचालन गर्नु

Workplace

गोपालप्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बिहिबार बजार अनुगमन गरेको छ । पालिकाभित्र संचालनमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको नगरस्तरिय बजार अनुगमन समितिका निरिक्षण अधिकृत शंकर अधिकारीले जानकारी दिनुभएको छ ।
नगरपालिकाको नियमित कार्यक्रम अन्तरगत नगर भित्र संचालनमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको उहाँको भनाई छ । भूमिकास्थान नगरपालिकाको वडा नम्बर ८, को लात्तेबाँझ,पोखेडाडा, छेडा र लम्चीमा संचालनमा रहेका विभिन्न पसलहरुमा गरिएको अनुगमनको क्रममा टोलीले केही पसलहरुलाई लिखित निर्देशन दिएको छ ।
संचालनमा रहेका पसलहरुमा मूल्यसूची, विल, विजक र पसलको साईनबोर्ड समेत नराखिएकोले राख्नको लागि लिखित रुपमा निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनको क्रममा म्याद गुज्रिएका विभिन्न सामानहरु बरामद गरि नष्ट गरिएको छ । जसमा दालमोठ, चिजवल, चाउमिन, पाउरोटी, ब्रेड, समोसा, ज्वानो, धनिया, फ्यान्टा, कोकाकोला, सुजी, मेथि, सुर्ती लगायतका विभिन्न खाद्य बस्तु रहेका छन् ।
अनुगमनमा निरिक्षण अधिकृत शंकर अधिकारी, कृषि प्राविधिक सहायक युवराज आचार्य, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई, खिल्जी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक सुर्य प्रसाद भट्टराई, भूमिकास्थानको उद्यम विकास सहजकर्ता बन्दना रावत र प्रहरी सहायक हवल्दार शुरेन बहादुर मगर लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा ब्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्यसुची पनि नराखेको पाइएको निरिक्षण अधिकृत अधिकारीको भनाइ छ । उहाँका अनुसार टोलीले म्याद गुज्रिएका ५ हजार बराबरको सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाई १५ देखि ३५ दिन भित्रमा नगरपालिकामा गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।
म्याद गुज्रिएका, लेभलिङ्ग नगरिएका र गुणस्तरहिन खाद्य बस्तु बिष सरह हुने भएकोले सचेतता पूर्वक खाद्यबस्तु खरिदबिक्रि गर्न भूमिकास्थान नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै