२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

पालिका तहको रिक्त पदमा हुने उपचुनावको तयारी पूरा

Workplace

काठमाण्डौ – पालिका तहको ४१ रिक्त पदका लागि भोलि मतदान हुँदैछ । उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । चुनाव हुने पालिकामा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

नगरपालिकाको मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपचुनाव हुन लागेको हो । उपचुनावमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भूल) निर्विरिोध निर्वाचित भइसक्नुभएको छ ।

यस्तै रुकुम (पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओबादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । मतदान सकिएर सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य शुरु हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै