२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

श्रीलङ्काका सांसदले विलासी गाडी किन्न नपाउने

Workplace

सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले सांसदहरूले आफ्नै खर्चमा पनि विलासी गाडी किन्न नपाउने बताउनुभएको छ । करको पैसालाई प्रभावकारी तरिकाले प्रयोग गर्नका लागि यस्तो निर्णय लिइएको भन्दै उहाँले सरकारले खर्च कम गर्न थुप्रै सुधारहरू थाल्ने बताउनुभएको खबरमा उल्लेख छ । सरकारले दिएका गाडी सांसदहरूले आफ्नो कार्यकालभित्र मात्रै प्रयोग गर्न पाउनेछन् ।

श्रीलङ्काले यसअघि हरेक सांसदलाई भन्सार शुल्क नलगाई विलासी गाडी आयात गर्ने र स्वामित्व लिने अवसर दिएको थियो । तर अहिले निर्वाचित भएको कम्युनिस्ट बहुमत सरकारले यस्ता सुविधा र छुट नदिने बताएको छ ।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेले पहिलेको सरकारले दिएका अनावश्यक छुटलाई हटाउने अभियान चलाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै