२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

पाल्पामा अबैध रुपमा चुनढुङ्गा गरेको भन्दै अदालतमा मुद्दा दायर

Workplace

पदम गैरे पाल्पा। पाल्पामा सञ्चालित चार चुनढुङ्गा खानी कम्पनीले अवैध उत्खनन् गरेको भन्दै डिभिजन वन कार्यालय पाल्पाले अदालतमा मुद्दा दायर गरेको छ ।

कम्पनीले चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको वन कार्यालयको दावी छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित श्रीडाँडाबाट सिद्धार्थ मिनिरल्स प्रालिले स्वीकृत पाएको भन्दा बढी वन क्षेत्र अतिक्रमण गरेको वन कार्यालयको दावी छ ।

राष्ट्रिय वन क्षेत्र मिचेर चुनढुङ्गा उत्खनन् गरेको, सडक बनाएको र अबैध डम्पिङ् गरेको वन कार्यालयले दावी गर्दै जिल्ला अदालत पाल्पामा मुद्दा दायर गरेको छ । वन कार्यालयले खानी सञ्चालक सिद्धार्थ मिनिरल्स प्रालिका सञ्चालकलाई ३९ लाख ६३ हजार, ८५२ रुपियाँ क्षतिपूर्ति माग दावी गरेको छ ।

यस्तै, मुलुकी अपराध संहिता ऐन २०७१ अनुसार कैद सजायको समेत माग दावी गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । अदालतमा गत कात्तिक २७ गते भएको थुनछेक बहसबाट उद्योगका सञ्चालक पशुपति मुरारकालाई चार लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेष्तेदार केशव पराजुलीले जानकारी दिनुभयो ।

यस्तै, पाल्पाको माथागढी –५, स्थित विएस सिमेन्ट प्रालिले स्वीकृति पाएको भन्दा बढी उत्खनन् गरी वन क्षेत्रमा हानी नोक्सानी गरेको वन कार्यालयले जनाएको छ । कम्पनीलाई चार करोड १५ लाख रुपियाँ विगो भराउन माग गरिएको छ । तिनाउस्थित कन्चन क्वारिज प्रालिले पनि अबैध उत्खनन् गरेको भन्दै ७८ लाख विगो माग गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।

यस्तै माथागढी–७, रहबासस्थित पाल्पा सिमेन्ट प्रालिले पनि स्वीकृति पाएको क्षेत्रभन्दा बढी उत्खनन् गरेको छ । उसले झण्डै चार हेक्टर बढी वन क्षेत्र अतिक्रमण गरी अबैध उत्खनन् गरेको भन्दै ६७ लाख रुपियाँ विगो माग गर्दै मुद्दा दायर गरिएको डिभिजन प्रमुख भट्टराईले बताउनुभयो । चार वटै कम्पनीका सञ्चालकबिरुद्ध गत वर्षदेखि जिल्ला अदालत पाल्पामा मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै