सुनसरी – सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ ।
उहाँको ठेला देख्नेबित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उहाँले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उहाँको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उहाँले भन्नुभयो, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्ट छन् । सातु बिक्री गरेर मासिकरूपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ ।’
गर्मीयामका बेलामा एक लाख रुपैयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी कम हुने उहाँको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रूपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आउनुभएको छ । उहाँले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताउनुभयो ।
दैनिक रूपमा सामग्री महँगो हुँदै गएका बेलामा प्रति गिलास सातुको ४० रुपैयाँ लिने गरेको उहाँको भनाइ छ । दैनिक रूपमा चार हजारदेखि पाँच हजार रुपैयाँसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रूपमा ५० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पौदारले बताउनुभयो ।
सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उहाँले बताउनुभयो । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उहाँले बताउनुभयो ।
एक लाखदेखि दुई लाख रुपैयाँ खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार रुपैयाँ आम्दानी गर्दै आएकोमा आफूले त्यही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रूपमा सयौं साथीभाइसँग भेट समेत गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा