२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

लुम्विनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको १०० दिनमा सम्पादित मुख्य उपलब्धीहरु सार्वजनिक

पदम गैरे, पाल्पा। लुम्विनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको १०० दिनमा सम्पादित मुख्य उपलब्धीहरु सार्वजनिक गरेको छ । पाल्पाको तानसेनमा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सरकारका १०० दिनको अवधिमा स्वास्थ्य मन्त्रालयले सम्पादित १९ बुँदे मुख्य उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयले नीतिगत एवं कानूनी, शासकीय, सुशासन प्रवर्धन, विकास कार्यको व्यवस्थापन, वित्तिय क्षेत्रमा सुधार, सूचना प्रविधि र जनगुनासो व्यवस्थापन लगायतका विषयमा उच्च प्राथमिकता दिई कार्यसम्पादन गरिएको छ ।

प्रदेशका क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नु विरामीलाई प्रदेश सरकारको विशेष आर्थिक सुविधाका लागि प्रदेशमा नै सिफारिस लिन जानुपर्ने बाध्यता हटाएको र जिल्लास्थित स्वास्थ्य कार्यालयबाट सिफारिसको व्यवस्था मिलाइएको छ । लुम्विनी प्रदेश गौरबको आयोजनाको रुपमा रहेको लुम्विनी प्रादेशिक अस्पताल, बुटबलको बाह् सय शैयाको बाह् तले भवन निर्माण कार्य प्रारम्भ भएको बताउनुभयो ।
लुम्विनी प्रदेशका महिला, बालबालिका र किशोरीहरुमा उच्च रहेको कुपोषणको अन्त्य गर्नका लागि स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन सम्वन्धी कार्यविधि २०८१ तयार भएको छ । कुष्ठरोग हात्तीपाइलेका कारण अपांगता भएका नागरिकलाई भेदभाव अन्त्य तथा जीवीकोपार्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि कार्यविधि २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै