नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणको सय दिने अभियान सुरु

रुद्रमणि भुसाल  अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणको सय दिने अभियान सुरु गरेको छ ।अभियान संचालनका लागि कांग्रेसले अर्घाखाँचीमा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य संजय गौतमलाई खटाएको छ । अर्घाखाँचीमा खटिनुभएका प्रतिनिधिसभा सदस्य संजय गौतमले जिल्लामा चुनाबमा प्रराजित भएर छिनभिन भएको कांग्रेसलाई यो अभियानमा एकढिक्का बनाउन लागि पर्ने बताउनु भयो ।
अभियानका लागि अर्घाखाँची कांग्रेसले पुर्व सभापति महासमिति,महाधिबेसन प्रतिनिधि जिल्लाका पदाधिकारी समेतलाई ६ स्थानीय तहका ६१ वटै वडाका लागि प्रतिनिधि खटाएको छ । सय दिनको अभियानका क्रममा कार्यालयलाई ब्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, बार्षिक कार्ययोजना बनाउने, संगठन बिस्तारका लागि सामाजिक र राजनितिक गतिबिधि बढाएर लैजाने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका कार्यक्रम छन् ।
यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्ममान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले जानकारी दिनुभयो । तीन महिना संचालन हुने अभियान आउँदो पुष १६ गते बीपी जयन्तीका दिन समापन हुनेछ । कार्यक्रममा पुर्व केन्द्यि आमन्त्रित सदस्य महेन्द्र भुसाल ,लुम्बिनी प्रदेशका उप सभापति भुवन श्रेष्ठ ,जिल्ला सभापति केशब श्रेष्ठ, पुर्व सभापतिद्धय पिताम्बर भुसाल ,कमल प्र साद भुसाल ,लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी,जिल्ला उप सभापति बाबुराम पौडेल ,लगायतले मनतब्य राख्नु भएको थियो । काग्रेसको बैठक जिल्ला सचिब कृष्ण खनालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै