२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

रास्वपा अर्घाखाँची द्वारा प्रजिअ लाई ध्यानाकर्षण

Workplace

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले जनसरोकारका विभिन्न विषयलाई लियर  प्रमुख जिल्लालाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ,  मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारी कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको पीडादायी घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको ध्यानाकर्षण भएको छ ।

नेपालीहरुको महत्वपूर्ण चाडपर्व दशैँ, तिहार, नेपाल संवत् र छठ पर्व नजिकिँदा आवतजावत बढ्ने गर्छ । यसलाई मध्यनजर गर्दै आइपर्न सक्ने थप विपद्को पूर्वतयारीका लागि,

घाइते तथा पीडित नागरिकको उद्धार मा तीव्रता दिई यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गास र बास को व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्न तथा विपतमा परी ठूलो सङ्ख्यामा भएको मृतकको खोजी, सङ्कलन तथा पीडित परिवारलाई दाहसंस्कार गर्न सहयोग गर्न अत्यावश्यक भएको हुँदा यहाँ मार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।

अधिकांश राजमार्गमा पुलहरू टुटेका हुँदा अस्थायी बेली ब्रिजको यथाशीघ्र व्यवस्था गर्न आग्रह गर्दै राजमार्ग र अन्य सहायक मार्गहरूको अवस्था सुधार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ । पहिराेका कारण अर्घाखाँची जिल्ला जाेड्ने मुख्य नाका सन्धिखर्क गाेरुसिंगे सडक सहित जिल्लाका प्रमुख सडकहरु उच्च जाेखिममा रहेकाेले कुनैपनि बेला आउनसक्ने खतरा प्रति सचेत रहन समेत ध्यानाकर्षण गराउदछाैँ ।

अभाव, अप्ठ्यारो अवस्था र चाडबाडको बेलामा चोरी डकैती तथा अपराधिक घटना बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्वतयारी अवस्थामा रहन ध्यानाकर्षण गराउँदछौँ।

चाडपर्व नजिकीदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृतिम अभाव श्रृजना गरिएको, कालो बजारले प्रश्रय पाएको, कतिपय फर्महरुमा मुल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी  मूल्यवृद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अबिलम्ब अनुगमनलाई तीव्रता दिन र यसरी अनुगमन गर्दा व्यवसायीलाई आंतकित बनाउनुकाे साटाे समन्वयात्मक भूमिका मार्फत व्यवसायी एवं उपभोक्ताको अधिकार प्रति सचेत रहँदै व्यवस्थालाई सुनिश्चित र सहज गर्न यथाशिघ्र र प्रभावकारी कदम चाल्न यहाँकाे ध्यानाकर्षण गराउदछाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै