हृदय भुसाल अर्घाखाँची । नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृतका रुपमा आज नगरपालिकामा हाजिर हुनु भएका नेपाल सरकारका उपसचिव खिमानन्द भुसाललाई सन्धिखर्क नगरपालिकाद्धारा स्वागत गरिएको छ ।
२०५४ साल बाट निजामती सेबामा प्रवेश गरेका भुसाल चितवन, प्युठान जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी, यसअघि अर्घाखाँचीको छ्त्रदेब गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिका सहित ४ वटा पालिका सहित विभिन्न मन्त्रालय,बिभाग र कार्यालयहरुमा काम गरेको लामो अनुभव भएका प्रशासक हुन । प्रमुख प्रसाशकिय अधिकृत भुसाललाई स्वागत गर्दे सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले नागरिकको अपेक्षालाई बुझी सिमित स्रोत साधनका बिच असिमित आवश्यकता पुरा गर्नुपर्ने भन्दै नागरिकका माग र आवश्यकतालाई पुरा गर्नका लागी सरल,सहज,छिटो छरितो तवरले सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीहरुको तर्फवाट महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेका छन् ।
नगरप्रमुख श्रेष्ठले भने,‘लामो अनुभवलाई साटासाट गरि अगाडी बढ्नु हुनेछ, सन्धिखर्क नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हो,हामीहरुलाई सवैले हेर्ने र सोध्ने गर्दछन्,कुनै पनि वाहानामा नागरिकलाई दुःख दिने,पैसा लिने समयमै काम नगरे, जनताको सहजै हुने काम नभए र गुनासो आए तत्कालै कानुन बमोजिम कार्वाही आवश्यक गर्नेछौँ,कसैलाई पनि त्यस्तो गर्ने छुट हुने छैन् ।
‘ जनतालाई मुस्कान सहितको सेवा प्रवाहमा सवै सधैँ जुटनुपर्ने छ ,बसाईसराई र विदेश पलायनलाई रोक्न निकै गाह«ाृे भएको अवस्थामा यस्तो खालको चुनौतीलाई पार गरेर अगाडी बढ्नु पर्ने छ,त्यसका लागी आर्थिक बिकास र रोजगारीका कार्यक्रम अगाडी बढाउनु पर्नेछ ,सवै पक्ष मिली सन्धिखर्क नगरपालिकालाई समृद्ध नगरपालिका वनाउन लाग्नेछौँ’ प्रमुख श्रेष्ठले भने’।
प्रमुख प्रसासकिय अधिकृतलाई पालिकामा स्वागत गर्दे नगरउप्रमुख मिश्रा आचार्यले कर्मचारीको टिम र जनप्रतिनिधीहरुको सम्पुर्ण टिम एकता बद्ध भई देखिने गरि काम गर्नु पर्ने भन्दै नवआगन्तुक प्रप्रअबाट कर्मचारीको कुशल नेतृत्व रहने अपेक्षा भएको बताईन् ।
नवआगन्तुक प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले कार्यालय समय बाहेकको समयमा पनि नागरिकका काममा सहज तवरले काम गर्न लाग्ने भन्दै सम्पुर्ण कर्मचारीहरुले पनि आफ्नो पेशागत ब्यवसायिकताका लागी सुत्ने बेलामा समेत कार्यालयको काम बारे सोँचेर गतिशिलताका र उर्जाका साथ काममा लाग्नु पर्ने बताए ।
प्रमुख प्रसासकिय अधिकृत भुसालले‘नगरपालिकामा बिभिन्न अवसर र चुनौतीहरु छन्,अर्घाखाँची जिल्लाका अरु पालिका भन्दा भौगोलिक र सामाजिक अवस्था मिलेको पालिका हो,हामी कर्मचारीहरुको टिमले राजनैतिक रुपमा आएको जनप्रतिनिधीहरुको टिम लाई सहयोग गर्ने र परिणाम देखिने गरि काम गर्नुपर्ने हुन्छ,हाम्रो कामले नै नगरपालिकालाई सफल बनाउन महत्वपुर्ण भुमिका रहन्छ, हामी जागिरकै लागी मात्र भन्दा पनि जिवनमा केही गर्व गर्ने गरि काम गर्नु पर्नेछ,म पालिका सवै तहको एकपटक अनुगमन र शाखागत अवस्था बुझेर छिटो, छरितो र सहज सेवामा नागरिकको अपेक्षा अनुसार नै तिव्र तवरले अगाडी बढ्ने छु’।
नवआगन्तुक प्रमुख प्रसासकियलाई स्वागत कार्यक्रममा नगरपालिका शाखा अधिकृत मञ्जु खनाल,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,वडा नः २ का अध्यक्ष एवम नगर प्रभक्ता मोतिजङ्ग रायमाझी सहित जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी,पत्रकारहरुको आथित्यता रहेको थियो । कार्यक्रम नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता,अधिकृत मुक्ति खनालको संचालनमा सम्पन्न भएको थियो ।
नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत भुसाललाई सन्धिखर्क नगरपालिकाद्वारा स्वागत
तपाईको प्रतिक्रिया