२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

अर्घाखाँची अस्पताललाई  नेपाल टेलिकमद्वारा बेड हस्तान्तरण

Workplace

हिम जिसि लेकाली अर्घाखाँची । नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान  “बेड कम चेयर्स “हस्तान्तरण गरेकाेछ ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ काे उपलक्ष्यमा कम्पनीकाे संस्थागत सामाजिक उत्तर दाईत्व (csr )कार्यक्रम अन्तरगत यी सामग्री प्रदान गरिएकाे हाे  ।
नेपाल टेलिकम दूर सन्चार कार्यालय पाल्पा प्रमुख ईन्जिनियर राकेस पाण्डेले   अस्पताल  प्रमुख जगन्नाथ तिवारिलाई यी सामाग्रीहरू हस्तान्तरण गर्नु भएकाे छ ।
अस्पतालमा उपचारकाे लागि आउने बिरामीका कुरूवाका लागि लक्षीत  गरेर यी सामाग्री हस्तान्तरण गरिएकाे हाे । याे साधन  दिनमा फाेल्ड गरेर कुर्सी अाकारकाे बस्न सकिने र  रातमा तानेर बेड बनायर सुत्न  सकिन्छ ।
यसरी टेलिकमले प्रत्येक  वर्ष शिक्षा , स्वास्थ्य ,खेलकूद ,बृद्धाअाश्रम ,बाल अाश्रम ,लगाएतका  सामाजिक संघ संस्थाहरूमा राहत सामाग्री हस्तान्तरण गर्दै अाएकाे छ भने वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका क्षेत्रमा समेत  सहयाेग पुर्याउँदै अाएकाे नेपाल टेलिकम केन्द्रीय कार्यालय सहायक व्यापार अधिकृत बेद प्रसाद पाैडेलले बताउनु भयाे ।
उहाँले  टेलिकमले गत बर्ष सन्धिखर्क नगरपालिका २ भगवती मा.वि . कुर संखेटारि र भगवती मा.वि. ढाकावाङ्गमा १ बर्ष निशुल्क ईन्टरनेट सेवा प्रदान गरेकाे र अाजै सुपादेउराली मन्दिरमा केही थान डस्टबिन प्रदान गरिने जानकारि गराउनु भयाे ।

कार्यक्रममा टेलिकम केन्द्रीय कार्यालय व्यापार अधिकृत कृष्ण प्रसाद पाैडेल ,नेपाल टेलिकम अर्घाखाँची पूर्व कार्यालय प्रमुख गाेबिन्द पराजुली ,निमित्त कार्यालय प्रमुख धर्मेन्द्र बि .क . अस्पताल प्रमुख डा. जगन्नाथ तिवारि ,  डा. अशाेक शाह ,   ईन्जिनियर खगेन्द्र ढकाल   समेतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै