२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

पाल्पामा वार्षिक समीक्षा गोष्ठी सुरु

Workplace

पदम गैरे पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा वार्षिक समीक्षा गोष्ठी तानसेनमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका दश स्थानीय तहका साथै संघीय र प्रदेश मातहतका कार्यलयले गरेको कार्यसम्पादन र प्रगति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

राज्यका निर्देशक सिद्धान्त , नीति र दायित्वको कार्यान्वयन , अनुगमन तथा मुल्यांकन समितीका सभापति तथा प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, जिल्लाका क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित जिल्लामा रहेका दश स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
गोष्ठीको पहिलो दिन जिल्ला समन्वय समितसहित दश स्थानीय तह र ५ अन्य कार्यालयगरी १५ वटा कार्यालयको प्रस्तुति सकिएको छ ।

समीक्षा गोष्ठी भएपनि प्रस्तुति सकिएका स्थानीय तह र कार्यालयहरुले वार्षिक रुपमा गरेको बजेट खर्च प्रगति, तालिमका तस्वीर र समस्या बाहेक ठोस उपलब्धि समस्या र चुनौतीका विषय प्रस्तुतिमा समेटेको पाइएन । विगतका वर्षमा झै औपचारिक कर्मकाण्डी प्रस्ुततिमा सिमित गोष्ठीमा सिमित सहभागी बाहेक अरु पूरा समय समेत बसेनन् ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा गोष्ठीका अध्यक्ष टंकनाथ खनालले पटक पटक पूरा समय समीक्षामा सहय दिन र छलफलमा भाग लिन आग्रह गरेपनि सहभागीले नटेरी हिडेका थिए । वर्षभरी कार्यसम्पादन गर्दा प्राप्त उपलब्धि र काम गर्दा परेको समस्या र चुनौतीका विषयमा छलफल गरी आगामी दिनमा सहज रुपमा काम गर्ने वातावरण बनाउनका समीक्षा सहयोगी बन्ने भएकोले समीक्षालाई महत्व दिन प्रमुख खनालले आग्रह गर्नुभएको थियो ।
भोली १५ वटा कार्यालयको प्रस्तुती रहने छ । प्रस्तुति पछि समग्रमा छलफलगरी गोष्ठी सकिने समन्वय समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै