२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

पछिल्ला वर्षहरुमा पाल्पामा आत्महत्याका घटनामा वृद्धि

Workplace

पदम गैरे पाल्पा ।पछिल्ला वर्षहरुमा पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०।०८१ मा आत्महत्या गर्नेमा वृद्धि भएको हो। घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोगलगायतका कारणले आत्महत्या बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०७९।०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेको पाइएको छ । यस्तै गत आर्थिक वर्षमा ८८ जनाले आत्महत्या गरेको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष २१ जना बढीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। आत्महत्या गर्नेमा ४० वर्ष माथिका व्यक्तिहरु धेरै छन् । गत आर्थिक वर्षमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।अघिल्लो आर्थिक वर्षमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए। घरायसी समस्या, दीर्घरोग परिवाबाट हेलामा पर्नु र आर्थिक समस्याका कारण पनि केही मानिसहरुले आत्महत्याको बाटो रोजेको अनुसन्धानबाट पत्तला लागेको प्रहरीले जनाएको छ । यस्तै आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउँदा आत्महत्या गर्ने गरेका छन् । यस्तै विभिन्न कारणले किशोर–किशोरीले पनि आत्महत्याको बाटो रोज्ने गरेको भेटिएको प्रहरीको तथ्यांकमा उललेख छ । उसो त आत्महत्या न्यूनीकरणका लागिा वर्षेनी विभिन्न अभियान चलाएपनि ती ती अभियान प्रभावकारी हुन नसक्दा आत्महत्या गर्नेको संख्या वर्षेनी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै