२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

दृष्टिकोण वदलौँ,आत्महत्या रोकौँ

Workplace

हृदय भुसाल अर्घाखाँची। पछिल्ला बर्षहरुमा आत्म हत्याका घटनाका कारण थप चुनौती थपिएको छ । समाजमा सामाजिक चुनौतीका रुपमा रहेको आत्महत्यालाई राज्यले नै जनस्वास्थ्यको समस्या मानेर रोकथामका प्रभावकारी उपाए अपनाउन जरुरी रहेको छ ।
आत्महत्याको समग्र घटनाको बिश्वब्यापी तुलनात्मक अध्ययनले धेरै आत्महत्या हुने सुचीमा राखेको छ । बिश्वमा सवैभन्दा धेरै आत्महत्या गर्ने देशहरु मध्ये नेपाल आठौँ नम्वरमा परेको तथ्याकले देखाएको छ ।
बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्याको रोकथाम बारे संवाद सुरु गरौँ,दृष्टिकोण बदलौँ भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अथिती एवम सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सामाजिक तथा पारिवारिक, गरिवी,आर्थिक समस्या, लगायका बिभिन्न कारणहरुले धेरै आत्महत्याका घटनाहरु हुने गरेको भन्दै यसको रोकथामका लागी जिल्ला प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले अभियान नै संचालन गर्ने बताए ।
नगर प्रमुख श्रेष्ठले भने,‘आत्महत्याको मानसिक तथा मनोसामाजिक मुल कारण भएको हुदाँ समस्या पहिँचाहन गरि मनोपरामर्शकर्तासंग परामर्श लियर अगाडी बढ्नु पर्छ,नगरमा एकजनामात्र मनोपरामर्शकर्ता हुदाँ जनशक्ति कम भएको छ,त्यसका लागी सवै स्थानिय तहहरुले यसको ब्यवस्थापन गर्न जरुरी रहेको छ,स्वास्थ्यकर्मिहरुले बिशेष रुपमा यो बिषयमा ध्यान दिनुपर्ने देखिन्छ,बिज्ञसहितको टिमले आबश्यक अध्ययन गरि बिशेष योजनाका साथ अगाडी बढ्न पर्ने जरुरी छ,यसका लागी सवै सरोकारवालाको सक्रियता आबश्यक रहेको छ’।
कार्यक्रमका अध्यक्ष एवम सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले आत्महत्या समाजको जटिल समस्याको रुपमा देखिएकोले आत्महत्या न्युनिकरणका लागी अभियान नै चलाउनुपर्ने भन्दै उक्त कार्यका लागी कृयाशिल समिती बनाई अगाडी बढ्नु पर्ने बताईन् ।
नगर स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले आत्महत्याका कारण,चुनौती र रोकथामका सन्दर्भमा बिबिध बिषयमा प्रस्तुतीकरण गरेका थिए । शाखा प्रमुख पराजुलीले प्रस्तुतीकरण गर्ने भने,‘आत्महत्याका मुख्यकारण आर्थिक,सामाजिक जैबिक,मानसिक सांस्कृतिक तथा पर्यावरणिय लगायका धेरै कारण छन् यसमा सवै पक्षले ले ध्यान दिन जरुरी छ, यसको रोकथामका लागी आत्महत्याको जोखिम बढि भएका ब्यक्ति हरु तथा  जोकही  लाई राम्रो ब्यवहार गर्ने,सवैको कुरा सुन्ने मनोपरामर्श कार्यक्रमलाई नियमित र प्रभावकारी गर्ने साथै सवै सरोकारवाला सक्रिय हुनुपर्ने देखिन्छ’ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक विपन कार्किले प्रहरीले आत्महत्या न्युनिकरणको कार्यक्रम अभियानकै रुपमा वडा तह सम्म नै संचालन गरेको भन्दै पहिल्लो ४ बर्षमा अर्घाखाँचीमा १८२ जनाले आत्महत्या गरेको बताए ।
समग्रमा जीवनप्रति चरम बितृष्णा,मानसिक तनाव,निरासा असफलता अवैध यौन सम्बन्ध,लागुप्रदार्थ दुब्र्यशन,बढ्दो बेरोजगारी,आर्थिक अभाव,सामाजिक अपहेलना तथा उपेक्षका यस्ता घटनाहरु बढ्ने गरेको पाईन्छ । कतिपय आत्महत्या भएका ठाउँमा फेला परेका सुसाईट नोटमा उल्लेख गरिएका र परिवारमा सोधपुछका आधारमा बिभिन्न कारणहरु पनि समेटिएका छन् । नोटमा कतिपयले दिर्ग रोगका कारण,पढाईमा असफल,प्रेममा असफल भयर आत्महत्या गरेको समेत  लेखेको पाईन्छ । उपचार गराउन पैसा नभयर आत्महत्या गर्नेहरु पनि छन् जसलाई सानो सहयोग,परामर्श गर्दा बचाउन सकिन्छ ।
जनस्वास्थ्यको समस्याको रुपमा स्वीकार गरेर राज्यले नै अभियान संचालन गरेको भए योे सवैको साझा अभियान पनि बन्न सक्थ्यो र दुरुत्साहन रोक्न सकिन्थ्यो । राज्यले नै बिशेष स्वास्थ्य निती बनायर अभियान चलाउन आबश्यक देखिन्छ ।
कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा आचार्य,पत्रकार महासंघका जिल्ला सहसचिव हृदय भुसालले मन्तब्य राखेका थिए ।
नगर उपप्रमुख  मिश्रा आचार्यको अध्यक्षता,स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको स्वागत तथा बिषय प्रवेश र जनस्वास्थ्य निरिक्षक प्रकाश परिवारको संचालनमा सम्पन्न भएको कार्यक्रममा नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत नवराज गौतम, गैह्र सररकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर अधिकारी, ,लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघका केन्द्रिय  सदस्य बावुराम पौडेल,होटल ब्ययवासी संघका जिल्ला अध्यक्ष खेतुलाल उपाध्याय,सामाजिक ब्यक्तितब  लक्ष्मण पराजुली ,महिला बिकास शाखा प्रमुख पुष्पा भुसाल,स्वास्थ्य चौकीका प्रमुखहरुको लगायत आथित्यता रहेको थियो । कार्यक्रममा सरोकारवालाहरुको  उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै