पाल्पामा बन्द हुने उधोगको संख्या बढ्दै

पदम गैरे पाल्पा।  पाल्पामा दर्ता हुने नयाँ उद्योगको तुलनामा बन्द हुने उद्योगहरूको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षयता बन्द हुने उद्योगहरूको सङ्ख्या निरन्तर बढेको हो । नयाँ उद्योग थप हुने क्रम घटेको छ ।

युवाशक्ति विदेश पलायन हुनु, भएका उद्योग नियमित सञ्चालन हुन नसक्नुजस्ता कारण जिल्लामा नयाँ दर्ता हुने उद्योगको सङ्ख्या घटेको हो । केही वर्ष अघिसम्म नयाँ दर्ता हुने उद्योगको सङ्ख्या बढेको थियो । तर पछिल्लो दुई वर्षयता बन्द हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ ।

आव २०७९÷०८० मा जिल्लाभर तीन हजार ८९७ उद्योग सञ्चालन रहेकोमा गत आव २०८०÷०८१ मा घटेर तीन हजार ८१७ वटा मात्र सञ्चालनमा छ । जिल्लाभर सञ्चालनमा रहेका कृषि, पर्यटन, उत्पादनमूलक र सेवामूलक उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगको सङ्ख्या घटेको हो । गत आव २०८०÷०८१ मा मात्र कृषि तथा वनजन्य ४४ वटा उद्योग दर्ता भएकोमा सोही प्रकृतिको ६२ वटा उद्योग बन्द भएको कार्यालयका प्रमुख श्यामकुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तै ३० वटा पर्यटन उद्योग दर्ता भएकामा ५५ वटा बन्द भएको पौडेलले बताउनुभयो । उद्योगबाट उत्पादित वस्तु बिक्री नहुनु, युवाशक्ति विदेशमा जाने प्रचलन बढेका कारण यस्ता उद्योग बन्द हुने क्रम बढेको उहाँको भनाइ छ । गत आवमा १५ वटा सेवामूलक उद्योग दर्ता भए भने ४५ वटा बन्द भएका छन् ।

यस्तै गत आवमा आठ वटा उत्पादनमूलक उद्योग दर्ता हुँदा १५ वटा बन्द भए । पाँच लाखभन्दा कम लगानी भएका फर्म पालिकाभित्रै दर्ता हुने कारणले दर्ता हुने फर्मको सङ्ख्या घटेको हुन सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा साना लगानीका उद्योग मात्र होइन, वाणिज्य फर्मको सङ्ख्या पनि घट्दो छ । गत आव २०८०÷०८१ मा जम्मा ९१ वटा वाणिज्य फर्म दर्ता भए भने १८६ वटा बन्द भएको कार्यालयका सूचना अधिकारी मनोज घिमिरेले बताउनुभयो । गत आवमा वाणिज्यतर्फ ९१ वटा फर्म दर्ता हुँदा १८ करोड १२ लाख लगानी भएको छ र त्यसबाट २१ लाख ३६ हजार सात सय राजस्व सङ्कलन भएको छ ।

जिल्लामा ठुला उद्योगधन्दा खासै नभए पनि व्यक्तिले एकल चलाएका साना उद्योग बढी छन् । गत आव ९७ वटा नयाँ उद्योग दर्ता हुँदा ४०७ जनाले रोजगार पाएका छन् । यस्तै ती उद्योगमा २१ करोड ९८ लाख बराबरको पुँजी लगानी भएको र त्यसबाट १५ लाख ६४ हजार पाँच सय रुपियाँ राजस्व प्राप्त भएको घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

पाल्पामा नेपाली कम्युनिस्ट पार्टीद्वारा राष्ट्रिय जागरण अभियान सुरु

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

धन्चौर आरिचौरमा जारी क्रिकेट प्रतियोगिताको आज पाँचौँ दिन, रोमाञ्चक प्रतिस्पर्धा हुँदै

धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

- Advertisement -spot_img
-Advertisement-spot_img