२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न

टेकराज भुसाल,
बुटवल। आउँदै गरेको हरितालिका तीज-२०८१ को अवसरमा बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको छ। अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले आइतबार बुटवल-१३ बेलवासमा साे कार्यक्रम गरेको हो।

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग) गाविसमा स्थाइ ठेगाना भई हाल विभिन्न शिलशिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा बसाेबास गर्नेहरु र ढाकावाङ्ग गाविसमा माइत, मावल , ससुराली हुनेहरु बीच सामुहिक रुपमा दर खाएर ढाकावाङ्गकै झल्काे मेटिने गरि मादल लगायतका बाध्यबाधनहरुकाे प्रयाेग गरि माैलिक तीज गीतमा नाचगान गरिएकाे थियो।

उपस्थित महिलाहरु मध्ये सबैभन्दा जेष्ठ महिला थानेश्वरी खनालले माैलिक तीजको गीत गाएर कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियो।

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सदस्य तथा तीज मिलन कार्यक्रम संयाेजक शान्ता खनालको अध्यक्षता, सदस्य एनिसा बन्जाडेकाे संचालन, सदस्य दुर्गा आचार्य (खनाल)काे स्वागत मन्त्वयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ महिला सदस्य थानेश्वरी खनालले समाजले संस्कृति जगेर्ना गर्ने कार्यक्रमको आयोजना गरी आफुलाई सहभागी हुने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

समाजका अध्यक्ष कृष्णप्रसाद खनालले यस्ता कार्यक्रमले मौलिक र साँस्कृतिक सद्भाव कायम राख्ने, तीज मिलन कार्यक्रमले गाउँघरमा जस्तै दिदिबहिनी र चेलीबेटीहरुलाई शहरमा पुनर्मिलन गराएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नेगरि र विभिन्न रचनात्मक एवं मौलिक संस्कृतिको जगेर्ना गर्नेमा थप जोड दिने बताउनुभयो।

कार्यक्रममा भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासे, धारापानी-रुपन्देही सम्पर्क मंचका महासचिव सन्ताेष बन्जाडे, असुरकाेट, खिल्जी, नुवाकाेट, ढिकुरा, धन्चाैर रुपन्देही सम्पर्क समाजका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो।

२०० बढि सहभागी रहेको कार्यक्रममा गाउघरकाे झल्काे मेटिने गरि माैलिक तीज गीत गाएर नाचिएकाे थियो।समाजले विगतका समयमा पनि माैलिकता झल्किने गरि तिहारमा देउसीभैलाे संचालन गरेको, आगलागी पीडित, मृगौला पीडित लगायतलाई आर्थिक सहयोग गर्दै आएको विभिन्न समयमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा यी कार्यक्रम सँगै थप रचनात्मक कार्यक्रमहरु गर्दै जाने समेत संयाेजक शान्ता खनालले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै