संसदीय समितिमा रवि लामिछानेको इन्कारी बयान

काठमाण्डौ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

समितिले हिजो ५० भन्दा बढी प्रश्न गरेकोमा लामिछानेले सबैमा इन्कारी बयान दिनुभएको छ । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाण्डौको वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकम, आफ्नो नाममा खडा गरिएको ऋण र प्रवाह भएको भनिएका रकमको सम्बन्धमा समेत आफ्नो हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको उहाँले दाबी गर्नुभएको छ ।

विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको नाममा गएको रकमबारे सोधिएको प्रश्नमा पनि लामिछानेले आफूले त्यसको जिम्मेवारी नलिने बयान दिनुभएको छ ।

सहकारी ठगीबारे लामिछानेमाथि संसद्, सार्वजनिक सञ्चारमाध्यम र जनसाधारणबाट आएका प्रश्नका बारेमा सोधपुछ भएको समितिले जनाएको छ । समितिले हिजै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरेको छ । अहिलेसम्म सहकारी ठगी प्रकरणसँग जोडिएका ५० जनासँग सोधपुछ भएको समितिले जनाएको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार सहकारी ठगेको आरोपमा जेल सजाय भोगिरहेका २० जनासहित हिजोसम्म ५० जनासँग बयान लिइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img