१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालद्धारा बार्षिक समिक्षा सम्पन्न : १९ करोड ९१ लाख खर्च

Workplace

हृदय भुसाल,अर्घाखाँची। जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय,अर्घाखाँचीद्धारा आर्थिक बर्ष २०८०÷८१मा समग्रमा १९ करोड ९१ लाख बरावरको कार्यालयबाट बिभिन्न योजना तथा कार्यक्रमहरु सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयद्धारा संचालित तथा सम्पादित योजना आयोजनाको बार्षिक समिक्षा कार्यक्रम सन्धिखर्कमा आयोजना गरि कार्यालय बिगत ६ बर्षदेखीका उपलब्धीबारे कार्यालयको प्रोफाईल नामक पुस्तक समेत प्रकाशित गरी सरोकारवालाहरुलाई जानकारी दिएको छ ।
कार्यालयले समग्रमा गत आर्थिक बर्षमा समानिकरण तर्फ ९८.५० प्रतिशत बितिय प्रगती र ८५.९९ प्रतिशत बित्तिय प्रगती हाशिल गरेको छ भने सशर्त तर्फ ९९.६ भौतिक प्रगती र ८८.४७ बित्तिय प्रगती गरेको र कार्यालयले समग्रमा ९९.८६ भौतिक र ८८.४७ बित्तिय प्रगती हाशिल गरेको  निमित्त डिभिजन प्रमुख भेषराज भुसालले बताए ।
कार्यालय प्रमुख भेषराज भुसालले प्रगती प्रतिवेदन प्रस्तुग गर्दे भने,भौगोलिक बिकटताको कारण तथा दरवन्दी अनुसार जनशतmी कमी हुदाँ हुदै पनि पनि राम्रो उपलब्धी हाशिल गर्न सफल भएको भन्दै प्रमुख भुसालले जथाभावी बाटो खन्दा,ढुङ्खा गिट्टी उत्खनन् गर्दा,अब्यवस्थित रुपमा भौतिक पुर्वाधार निमार्ण,ल्याव परिक्षणमा समस्या साथै गैह«उपभातmाहरुको समिती तथा काममा हस्तक्षेप हुदाँ कार्यालयका कामहरुमा प्रभावित भएका छन्’।
राज्यको लगानी अनुसारको प्रतिफल प्रात्त गर्न नसकिएको भन्दै मुलुक संघियतामा गईसकेपछिका उपलब्धी सार्वजनिक गर्नुपर्ने जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालले बताए ।
जिल्ला समन्वय प्रमुख कोईरालाले भने,‘बिकासका काम वारे संघियता पुर्वको अवस्था र संघियता आए पोछीको अवस्था बारे रिर्पोट बनाई छलफल गर्नुे पर्ने भएको छ,सिंचाई संग सरोकार राख्ने कषि कार्यालयहरुले समन्वय गरि उपलब्धी र अवस्था बारे प्रतिवेदन बनाउनुस्,हिज र आजको अवस्था छर्लङ्ग सवैले जान्ने र बुझ्ने गरि जिल्लाको समिक्षामा प्रतिवेदन प्रस्तुत गर्नुहोला्,आगामी दिनमा कसरी प्रभाकारी काम गर्न सकिन्छ यस्ले थप सहजता हुनेछ’।
समिक्षा कार्यक्रममा सम्पुर्ण स्थानिय तहका जनप्रतिनिधीहरुको तर्फबाट सितगंगा नगरपालिका नगरप्रमुख छविलाल पौडेल प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव हृदय कुमार भुसालले शुभकामना मनतब्य ब्यतm गरेका थिए ।
बार्षिक समिक्षा कार्यक्रममा बिभिन्न राजनैतिक दलका नेताहरु नेपाली काग्रेसका जिल्ला सचिब कृष्ण खनाल,नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद प्रोख्रेल,माओवादी केन्द«का केन्दि«य सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक किशोर,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसाल,राप्रपाका विनोद आचार्य,एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रामवहादुर चौहान,राष्ट्रिय जनमोर्चाका भिमलाल आचार्य,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई सिगगंगा नगरपालिका उपप्रमुख गिता भाट लगायतले रचनात्मक सुझावहरु ब्यतm गर्नु भएको थियो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका नगरप्रमुख झबिलाल थापा,उपप्रमुख बालकृष्ण बन्जाडे,सितगंगा नगरपालिका नगरप्रमुख छविलाल पौडेल उपप्रमुख गिता भाट,मालारानी गाउँपालिका अध्यक्ष दल बहादु भट्टराई,पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द«मान श्रेष्ठ,उपाध्यक्ष मनी पन्थी लगायतका जनप्रतिनिधी,कार्यालय,प्रमुख निमार्ण ब्यवसायी पत्रकारहरुको आथित्यता रहेको थियो ।
बार्षिक समिक्षा कार्यक्रममा तोकिएको समयपुर्व गुणस्तरिय काम गर्ने भिजन निमार्ण सेवाका प्रतिनिधी र लुम्बिनी निमार्ण सेवाका प्रतिनिधीहरुलाई संम्मान समेत गरिएको थियो ।
कार्यक्रम कार्यालय प्रमुख भेषराज भुसालको अध्यक्षता लेखापाल शिवहरी खनालको स्वागत तथा रामजी भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै