१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

सन्धिखर्क नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Workplace

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको तेस्रो आर्थिक बर्ष २०८०/८१ को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आ.व. २०८०/०८१ मा सम्पन्न भएका विकास निर्माण, कार्यसम्पादन, मुल्यांकन, सेवा प्रवाह लगायतका विषयमा सेवा प्रदायक र सेवाग्राहिको बिचमा छलफलका माध्यमबाट सार्वजनिक सुनुवाई गरिएको हो ।

नगरपालिकाले आ. व. २०८०/०८१ मा ९९.५ प्रतिशत भौतिक प्रगति र ९४.५८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले साना, मझौला र बहुवर्षिय गरि कुल ५३३ ओटा योजना सम्झौता गरि कार्य सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीबाट उठेका प्रश्न र जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले विभिन्न बहाना बनाई सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न कर्मचारिहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समय बसाइँसराइ तिव्र रुपले बढिरहेकाले यसको रोकथामका निम्ति दीर्घकालीन योजना निर्माण गरि लाग्नु पर्ने बताउदै नगरप्रमुख श्रेष्ठले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनुभयो ।

कृषकले मिहिनेत गरि उत्पादन गरेको वस्तुको उचित मुल्यांकन गरि बजारिकरणका निम्ति सम्झौता समेत गरिसकेकाले ढुक्क भएर कृषि क्षेत्रमा लाग्न सेवाग्राहिहरुलाई आग्रह समेत गर्नुभयो । अदुवा, बेसार, तरकारी, फलफुल, अन्नबाली जस्ता वस्तु उत्पादन गरेर खेर नजाने भन्दै नगरप्रमुख श्रेष्ठले कृषि क्षेत्रलाई उत्पादनमुखी र आम्दानिमुखी बनाउन कृषकलाई अनुरोध गर्नुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले सेवाग्राहीका सुझावलाई ग्रहण गर्दै सेवा प्रवाहमा थप प्रभावकारी बनाउन जोड दिने बताउनुभयो । भुसालले नगरपालिकालाई सुशासनमैत्री, सेवाग्राहीमैत्री बनाउन कुनै कसुर बाकी नराख्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति बाबुराम भुसाल, नेकपा माओवादी नगर अध्यक्ष कृष्णहरि भुसाल, जनमोर्चाका जिल्ला कोषाध्यक्ष गोविन्द वि.सि. लगायतले मन्तव्य राख्दै नीति तथा कार्यक्रम निर्माणका लागि राजनितिक दललाई सहभागी गराई सुझाव लिने वातावरण शृजना गर्न आग्रह गरे ।

कार्यक्रममा योजना शाखाका प्रमुख दिलिप कुमार के.सि.ले आ.व. २०८०/०८१ मा सम्पन्न भएका योजनाको भौतिक तथा वित्तिय प्रगतिका बारेमा प्रकाश पार्नुभयो । यस्तै पहिलो र दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका साझा प्रतिवद्द्तालाई समेट्दै नगरपालिका अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सुनुवाईका प्रमुख सहजकर्ता हृदय कुमार भुसालले सेवाग्राहिबाट सन्कलन गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन अभिमतको रिपोर्ट प्रस्तुत गर्नुभयो । कार्यक्रममा १७ जना सेवाग्राहिले सुझाव, प्रश्न र जिज्ञासा राखेका थिए । कार्यक्रम सन्धिखर्क नगरपालिकाको आयोजना र वर्षा सन्चार मिडिया नेटवर्कको सहजीकरणमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै