१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

वडास्तरिय राहत कोषमा संकलित १० लाख अग्नी पिडितलाई हस्तान्तरण

Workplace

गोपाल प्रसाद भट्टराई, अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग
रकम हस्तान्तरण गरिएको छ  । वडास्तरिय अग्निपीडित सहयोग समितिको कोषमा
विभिन्न सहयोगीदाताहरुबाट सङ्कलन भएको १० लाख १२ हजार ६ सय ८८ रुपैयाँ
रकम सोमबार एक कार्यक्रमका बिच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख
झविलाल थापाद्धारा हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम मध्ये आगलागीबाट पूर्णरुपमा घर गुमाएका कृष्णा ओलीलाई ६७
हजार ५ सय, मनिराम भुसाल ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार ५ सय, देवी
आलेलाई ६१ हजार ५ सय, दिउरी भुसाल, ऋषीराम भुसाल, रामजी भुसाल, झविलाल
भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आगलागीबाट वाल सहितको थारो र १ वटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञ
प्रसाद भुसाललाई  ५० हजार, गंग बहादुर वि.क.लाई ४५ हजार, नरिश्वर
भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ ।
यस्तै आगलागीबाट थारो गुमाउने बिष्णु घ.म., टिका भुसाल, रामु भुसाल, राजु
भुसाल, डोल प्रसाद भुसाल र सिता वि.क.ले क्रमश ३० हजारका दरले राहत
प्राप्त गर्नुभएको छ ।
त्यस्तै पुष्पा भुसाललाई २७ हजार, दुर्गा वि.क. २० हजार, शान्ता परियार
१९ हजार ५ सय, र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको
छ । यस्तै पदम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, शोभाखर बन्जाडे र भरत
बन्जाडेलाई जनहि १५ हजार बितरण गरिएको छ । त्यस्तै भुपलाल भुसाललाई ७
हजार, शिवलाल भुसाल र पूर्ण बहादुर वि.क.लाई ५÷५ हजार रुपैंया हस्तान्तरण
गरिएको वडाध्यक्ष एवम् राहत संकलन÷बितरण समितिका संयोजक कृष्ण प्रसाद
बन्जाडेले जानकारी दिनुभएको छ ।
राहत बितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले
बिपद्को सामना गर्नु भन्दा घटना हुनै नदिने गरि पूर्व तयारी गर्नु आजको
आवस्यकता रहेको बताउनुभएको छ । त्यसको लागि आगामी हिउँदको याममा
सामुदायिक वन र सरोकारवालासंग समन्वय गरि वनपाखामा रहेका पात÷पतिङ्गर,
घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाई छ । झाडी
सफाई गर्दा निस्कने घुस्हनलाई डम्पिङ्ग गरि मल बनाउने र उक्त मल पालिकाको
बाँझो जग्गामा खेती गर्ने अभियानमा प्रयोग गर्ने नगर प्रमुख थापाले योजना
सुनाउनुभएको छ ।
गत चैत र बैशाख महिनामा भएको आगलागी र डढेलोमा भूमिकास्थान नगरपालिकाका
विभिन्न वडामा २१ घर, २० गोठ जलेर नष्ट हुनुका साथै एक ४ बर्षिया
बालिकाको समेत ज्यान गएको स्मरण गराउँदै उहाँले बिपत्तिमा सहयोग गर्ने
सबैलाई धन्यावाद दिनुभएको छ ।
वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, स्थानिय शिक्षक विरेन्द्र
पौडेलको स्वागत मन्तव्य र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न
राहत बितरण तथा कोषको सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय
जनमोर्चाका नेता सागर के.सी. र राहत संकलन समितिका सदस्य नारायण प्रसाद
भुसालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले गत
आर्थिक बर्षमा अर्घाखाँचीकै ठुलो बिपद्बाट भूमिकास्थानले सामना
गर्नुपरेको स्मरण गर्दै बिपत्तिमा साथ दिने सबैलाई धन्यावाद दिनुभएको छ ।
समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी
हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्य समेत सकिएको वडाअध्यक्ष
बन्जाडेको भनाइ छ । राहत बितरण कार्यक्रममा स्थानिय राजनितिक दल, प्रहरी,
पत्रकार, सामाजिक अगुवा, अग्नी पिडित र उनिहरुका आफन्तहरुको सहभागिता
रहेको थियो ।

गत बैशाख ८ गते शनिबार दिउँसो करिब २ बजे जंगलबाट सल्किएको आगो बस्तीमा
पस्दा धारपानीका २९ घर परिवार कुनै कुनै रुपमा प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै