१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

गच्छे भालुवाङ्ग सडक लामो समयदेखी अबरुद्ध हुँदा जनतालाई शास्ती

Workplace

हृदय भुसाल अर्घाखाँची । गच्छे भालुवाङ्ग सडक अन्तरगतको भुमिकास्थान नगरपालिका वडा १० र सितगगा नगरपालिका वाड न ६ को बीचमा पर्ने साप्रे भन्ने ठाउँमा पहिरोका कारणले लामो समदेखी बाटो बन्द भएको छ । करिब १ महिनाको समयदेखी बाटो अबरुद्ध हुँदा ठाडा,बुटवल दाङ भालुवाङ्ग जान निकै शास्ती ब्यहोर्नु परेको भुनपा १० का स्थानिय रेमलाल भट्टराईले बताए । गाउँ नै गयर सामन्य हिडडुल गर्ने बाटो बनाए पनि जोखिम भएको र राज्यको कुनै निकाएले चासो नदिदा समस्या भएको भट्टराईले बताए । भुनपा १० धन्चौर लगायतका  नजिकका जनतालाई यातायातका लागी सहज हुने दैनिक जसो नियमित रुपमा गाडी संचालन हुने बाटो अबरुद्ध भएको हो । सन्धिखर्क देखी भालुवाङ्ग सम्म जोड्ने ६८ किलोमीटर बाटो छिटो,छरितो हुने सिनपा ६ का स्थाननिय गोबिन्द पोख्रेलले बताए । बि.स २०५५ बाट सुरुबात भएको बाटो अहिले सम्म पनि भालुवाङ्ग  जोड्ने बाटोले पुर्णता पाउन सकेको छैन् । यता निर्माण भएको बाटोले स्तर उन्नतिको काम गतिका साथ पुर्णता पाउन सकेको छैन् । अर्घाखाँचीखाचीको सदरमुकाम देखि प्रदेश राजधानी जोड्ने महत्त्वपूर्ण बाट ओझेलमा परेको छ । उक्त सडकलाई स्तरउन्नतिका लागी बिनियोजित  गरेको बजेट समेत पटक/ पटक काटिने गरेको छ । जिल्लाकै महत्त्वपूर्ण सडक लामो समय सम्म पनि स्तरउन्नति हुन नसक्दा पटक पटक  शास्ती ब्यहोनु परिरहेको भुनपा १०का स्थानिय हिमनाथ खनालले बताए ।उक्त सडकमा राजनीति नेतृत्व र जनप्रतिनिधिको कम ध्यान पुगेको छ ।  जनप्रतिनिधि र सरोकारवाला हरुले विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (86%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (14%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै