कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे बर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको छ ।

पछिल्लो ६ घण्टामा दाङ, बर्दिया, जाजरकोट, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै