काठमाण्डौ, चितवन, सिन्धुपाल्चोक, बारा र महोत्तरीमा बाढी

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाण्डौको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी परेको छ ।

लगातार र ठूलो पानी परेको ठाउँमा बाढी आएको छ । चितवन र नवलपरासी पूर्वको नारायणी, बाराको लालबकैया, महोत्तरीको रातो र सिन्धुपाल्चोकको कोशी नदीमा बाढीले सतर्कता तह पार गरेको छ । काठमाण्डौको बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा पनि पानीको सतह खतराको तह आसपास रहेको छ ।

नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । डुबान हुने ठाउँहरुमा बस्नेलाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, बोल्दे, मानेखर्क, बाँसखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरुमा पनि ठूलो पानी परिरहेकाले ती क्षेत्र भइ बहने  नदीहरुका  तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच लगातार पानी परेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा बिहान झण्डै एकघण्टा गाडी चलाउन रोक लगाइएको छ । पहिरोको जोखिम भएकाले बिहान साढे ४ बजेदेखि गाडी चलाउन रोक लगाइएको र उज्यालो भएपछि खुलाइएको मुग्लिन प्रहरीले जनाएको छ ।

पानी परेको बेला राजमार्गमा पहिरोको जोखिम हुने भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img