८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

युवाहरुलाई उत्पादनमा जोड्नु अहिलेको प्रमुख आवश्यकता: नगरप्रमुख थापा

Workplace

टेकराज भुसाल अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नगरपालिकाको समृद्धिका निम्ती प्रत्येक नागरिक उत्पादनसंग जोडिनुपर्नेमा जोड दिनुभएको छ।
राज्यको गलत नितिका कारण बढेको युवाहरुको विदेश पलायनलाई रोक्न भूमिकास्थानले कर्मशिल जनशक्ति परिचालन कार्यक्रम ल्याएको उहाँको प्रष्टोक्ति छ।

अर्घाखाँचीकाे सन्धिखर्कमा शनिबार युवाहरुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै थापाले भन्नुभयो “सुन्दा सामान्य लागेपनि कर्मशिल जनशक्ति परिचालनले नगरपालिकाको बसाइसराई समेत कम गर्ने छ ।” “सिमित स्रोत–साधनको अधिकतम उपयोग गरेर उत्पादन, रोजगार र समग्र विकासमा हामी अगाडि बढेका छौं ।”  नगरपालिकाले गरेका राम्रा काममा खुलेर सहयोग गर्न र सकारात्मक सुझाव दिन थापाले युवाहरुलाई आग्रह समेत गर्नुभएको छ।

समृद्धिका संवाहक युवाहरुलाई विदेश पलायन गराउने राज्यको गलत नितिका बिरुद्धमा गोलबन्द गर्दै युवाहरुलाई रोजगारमा जोड्नु अहिलेको मूख्य आवस्यकता भएको थापाको जिकिर छ ।

भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै उहाँले पालिकालाई चौतर्फि विकासमा लैजान युवाहरुको सकारात्मक सहयोगको खाँचो समेत औल्याउनुभएको छ । नगरपालिकालाई राम्रो र अब्बल बनाउन सबैको सकारात्मक भूमिका हुनुपर्ने भन्दै नगरप्रमुख थापाले कमजोरी भए अगाडि उभिएर औल्याउन अपिल पनि गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै