काँग्रेस अर्घाखाँचीको आयोजनामा वृक्षारोपण सम्पन्न

बिष्णु खनाल अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जननायक बिश्वेश्वर प्रसाद कोईरालाको ४२ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको हो ।

नेपाली काँग्रेसले प्रत्येक वर्षको श्रावण ६ गते स्वर्गीय विपि कोईरालाको स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको लदाम बँगैचामा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पिपल, राजवृक्ष, तेजपत्ता, सफेतो, वीरेन्द्र फुल गरी एक सय वटा बिरुवा रोपिएको नेपाली काँग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।

वृक्षारोपण पश्चात कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति केशव श्रेष्ठ पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश कार्य समिति सदस्य शान्ता भण्डारीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पदाधिकारी, पुर्व पदाधिकारी, जिल्ला सदस्य, प्रदेश सभा क र ख पदाधिकारी, सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, वडा कार्यसमितिका पदाधिकारी, सदस्य, लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम जिल्ला पार्टी सभापति केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो । यस्तै आज वडा कार्यसमिति, पालिका कार्यसमितिले आयोजनामा विभिन्न कार्यक्रम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img