१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

पाँच वर्षमा १४ लाखभन्दा धेरै दक्षिण सुडानका शरणार्थी स्वदेश फर्किए

दक्षिण सुडानबाट विस्थापित भएकामध्ये पछिल्लो पाँच वर्षमा १४ लाख जनाभन्दा धेरै स्वदेश फर्किएका छन् । सन् २०१८ को अक्टोबर र सन् २०२४ को मे महिनामा भएको शान्ति सम्झौतापछि १४ लाखभन्दा धेरै दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ ।

केन्या, युगान्डा, सुडान, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रलगायतका क्षेत्रमा दक्षिण सुडानका २२ लाख शरणार्थी रहेका छन् । युगान्डाले सबैभन्दा धेरै दक्षिण सुडानी शरणार्थीको शरण दिएको छ ।

संयुक्त राष्ट्रसंघले शरणार्थी स्वदेश फर्कनुको सबैभन्दा मुख्य कारणमा परिवारका सदस्यसँग पुनर्मिलन, दक्षिण सुडानमा सुरक्षा स्थितिमा सुधार र भूमि, सम्पत्ति र आवासको मूल्याङ्कन लगायत रहेको बताएको छ । शरणार्थीले आफ्नो शरणको देश छोड्नुको कारण असुरक्षा, रोजगारी, जीविको पार्जन र आर्थिक गतिविधिको अभाव र शरणार्थी शिविरमा खाद्य राशनमा कमि रहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै