नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पाैडेलले दायित्व सिर्जना भइसकेको रकमकाे भुक्तानी नरोकिने बताउनुभयो । सम्पन्न भएका कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी गराउनुभएको छ ।
पाैडेलले पूर्वाधार निर्माणमा गुणस्तरमा ध्यान दिन, तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माण व्यवसायीले प्रदेश र पालिकासमेत बाट गरेर झन्डै ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन् ।