२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

धातिवाङ्ग स्वास्थ्य संस्था अर्घाखाँचीकै पहिलो पोषणमैत्री घोषणा

Workplace

अर्घाखाँची  जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग स्वास्थ्य चौकी पोषणमैत्री घोषणा भएको छ । जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले अर्घाखाँची जिल्लाकै पहिलो स्वास्थ्य संस्था घोषणा गरेका हुन् । धातिवाङ्गबाट सुरु भएको पोषणमैत्री गाउँपालिका, नगरपालिकासहित अर्घाखाँचीलाई नै पोषणमैत्री जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितीका प्रमुख कोईरालले भने ‘अर्घाखाँचीलाई बालमैत्री जिल्लाको रुपमा पनि अगाडी बढाईनेछ।’
पोषणमैत्री स्वास्थ्य संस्था घोषणका लागि पोषण सम्बन्धी धातिवाङ्ग प्रतिवद्धता पत्र २०७९ मा गरेको १६ वटा सुचकहरुमा आधारीत रही गरेको प्रतिवद्धता अनुसार घोषणा भएको हो ।
वडाको स्वास्थ्य चौकीमा पोषण कर्नरको स्थापना, पोषण सम्बन्धि विभिन्न सूचनामूलक पोष्टहरु स्वास्थ्य संस्थामा प्रदर्शन, हरेक स्वास्थ्य संस्थाको २४ महिनासम्मका बालबालिकाहरुको नियमित वृद्धि अनुगमन गरेको ९५ प्रतिशतभन्दा माथि भएको, हरेक स्वास्थ्य संस्थामा स्तनपान सम्बन्धि पोष्टर टाँसेको, पूर्ण स्तनपान गराउने आमाहरु ९० प्रतिशतभन्दा माथि भएको, ६ महिनापछि थप खानेकुराहरु मातृशिशु तथा बाल्यकालीन पोषणको मापदण्डअनुसार खुवाएको ९० प्रतिशत भन्दा माथि भएकोले स्वास्थ्य संस्थालाई घोषणा गरिएको धातिवाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालक समितीका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
स्वास्थ्य संस्था भएको वार्डभित्र कुनैैपनि बालबालिका कुपोषण नभएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत स्कुल जाने बालबालिकाले अर्धवार्षिक रुपमा जुकाको औषधि कम्तिमा ९५ प्रतिशतले खाएको, कम्तिमा ९५ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाले २२५ चक्की आइरन फोलिक एसिड खाएको, ६ देखि ५९ महिनाका बालबालिकाहरुले अर्धवार्षिक रुपमा भिटामिन ए र १२–५९ महिनाका बालबालिकाहरुले जुकाको औषधि ९५ प्रतिशतले खाएको, स्वास्थ्य संस्थामा आउने सम्पूर्ण आमा तथा शिशुहरुलाई पोषण सम्बन्धि परामर्श दिएका, नागरिक बडापत्रमा पोषण कार्यक्रम समावेस हुनुपर्ने र अभिलेख तथा प्रतिवेदन तोकिएको बमोजिम भएकाले घोषणा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरेले बताए ।
पाणिनी गाउँपालिकामा आगामी २०८२ असार मसान्तसम्ममा सबै वडाका स्वास्थ्य संस्थाहरु पोषणमैत्री बनाउँनका लागि गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । उनले भने ‘स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपुर्ण हो, मानिस स्वस्थ्य भएमा गाउँपालिकाको विकास हुन्छ।’
घोषणासभामा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख छविन्द्र कोईराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपाली, पुर्व गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, वडा अध्यक्ष चन्द्रकान्त पौडेल, गुनाखर अधिकारी, काँग्रेसका का.वा. सभापति लिलापति पौडेल, एमालेका अध्यक्ष टामलाल पौडेल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद घिमिरे, पोखराथोक स्वास्थ्य चौकी प्रमुख धुव्रराज घिमिरे, जनसेवा माविका प्रअ शालिकराम बेल्वासे, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्नका लागि भएका पहलहरु, सुचकहरु, प्रतिवद्धता, अवधारणाहरु पुरा गरेको प्रतिवेदन फोकल प्रर्सन हेमन्त घिमिरेले पेश गरेका हुन् । सोही अवसरमा धातिवाङ्ग स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा दान गर्नुहुने तुल्सीराम पौडेलको परिवारलाई सम्मान गरिएको हो ।
धातिवाङ्ग स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएको प्रमाणपत्र पाणिनी गाउँपालिकाको कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले धातिवाङ्ग स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्नका लागि स्वास्थ्यकर्मीहरु मध्येबाट एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) को रुपमा तोकिएको, स्वास्थ्य संस्थामा पोषण विशेष सेवा दिनका लागि आवश्यक पोषण सम्बन्धी कम्तीमा एक् जना तालिम प्राप्त जनशक्ति उपलब्ध भएको, स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छता सम्बन्धी निम्न पूर्वाधारहरु पुरा भएको मापदण्ड पुगेको हो ।
बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाई लिने मेसिन, मुआक टेप उपलब्ध भएको तथा काम गर्ने अवस्थामा रहेको, पोषण विशेष सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरुः भिटामिन ए क्याप्सुल, जुकाको औषधि, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आईरन फोलिक एसिड ट्याब्लेट, तयारी उपचारात्मक खाना (बहिरंग उपचार सेवा केन्द्रका लागि) को मौज्दात कम्तीमा एक महिनाको लागि उपलब्ध भएको, मासिक रुपमा कम्तीमा एक पटक स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्ने गरेको तथा पोषण सम्बन्धी छलफल भएको, पोषण सम्बन्धी विभिन्न सूचनामूलक सामग्रीहरु सेवाग्राहीले देख्ने स्थानमा प्रदर्शन गरिएको। यो सँगै निर्देशिकामा उल्लेख गरिएका विभिन्न अभिलेख तथा प्रतिवेदन फारमहरु पनि भरिएको हुनुपर्नेछ मापदण्ड छ ।
त्यस्तै पोषण सेवा गुणस्तर सुधार निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिमका पोषण सेवा गुणस्तर मूल्यांकन चेकलिष्टहरुको प्रयोग भएको, पोषण विशेष कार्यक्रमका सबै सेवाहरु उपलब्ध भएको, स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना भएको, आइमाम कार्यक्रममा स्पेयर स्ट्यान्डर्ड पुरा गरेको स्वास्थ्य संस्था भएसँगै धातिवाङ्ग स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्न पाणिनी गाउँपालिकाले असार २६ गते अनुमति दिएको हो ।
कार्यक्रम धातिवाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, वडा सदस्य तारा पौडेलको स्वागत र स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै