१० महिनामा ८ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिए, पेट्रोलियम पदार्थको आयातमा कमी आएन

काठमाण्डाै – सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म आठ हजार चार सय ९७ वटा विद्युतीय गाडी नेपालमा आएका छन् । विद्युतीय गाडीको आयातमा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारलाई नाै अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

वैशाखमा मात्रै एक हजार चार सय वटाभन्दा धेरै विद्युतीय गाडीको आयात भएको विभागले जनाएको छ । गएको वर्ष जम्मा दुई हजार नाै सय ५५ वटा विद्युतीय कार आयात भएका थिए ।

यसैबीच चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ७६ अर्ब सात करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । १० महिनामा एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल, ५६ अर्ब ८० करोडको पेट्रोल र ४६ अर्ब रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ ।

विद्युतीय गाडीको आयात बढ्दा पेट्रोल र डिजेलको खपत घट्ने अनुमान भए पनि गएको वर्षको जत्तिकै परिमाणमा पेट्रोल र डिजेलको आयात भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै