२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १४ औं साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न

Workplace

पदम गैरे तानसेन पाल्पा। नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १४ औं साधारण सभा तानसेनमा सम्पन्न भएको छ । साधारणसभामा कोषाध्यक्ष मुक्ति न्यौपानेले आर्थिक प्रतिवेदन र संस्थाका सचिव यज्ञमुर्ति तिमिल्सिनाले प्रस्तुत गर्नुभएको ३ वर्षीय कार्यकालको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले संस्थाकोे गरिमा बचाउन आफू लागि परेको र सबैको पहल आवश्यक रहने बताउनु भयो ।
उपाध्यक्ष भरत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले शुभकामना दिँदै पत्रकारले वस्तुनिस्ठ भएर समाचार लेख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताको गरिमालाई उँचो बनाइराख्न पत्रकार नै जिम्मेवार हुनुपर्ने बेला आएको बताउनुभयो। सूचनाको हक स्थापित गर्ने निरन्तर लागेको बताउदै संस्थाको गरिमा कायम गर्न सकेको उल्लेख गर्नुभयो । पत्रकारले समाज रुपान्तरणको भूमिका निर्वाह गरिरहेको समेत बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले जनताका पक्षमा
वकालत गर्ने दायित्व पत्रकारहरुको भएको बताउनु भयो । पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र गैरे मिडिया मुखी सरकार
नभएको बताउनुभयो। उहाँले पाल्पाका मिडिया जोगाउने अभियान कै रूपमा लैजान र युग सुहाउँदो मिडिया बनाउनुपर्नेमा जोड दिँदै पत्रकारका लगि सुदृढीकरण अभियान सही नभएको दावी गर्नुभयो । निवर्तमान अध्यक्ष राजेशकुमार अर्यालले संस्थागत हितमा लाभ नदेखिएकोले पत्रकारले विषय खोज्न छोडेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकार कमलराज तिमिल्सिनाले संस्था विकासक्रममै रहेको उल्लेख गर्दै सबैको सहकार्य र एकता आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य गीता ज्ञवाली, प्रदेश सदस्य मिलन बिक, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियन पाल्पाका सभापति
मन गैरे, समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरे, जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई लगायतले नेपाल पत्रकार महासंघको गरिमा कमजोर हुन नदिन सबैले महत्त्व पुर्ण भुमिका निर्बाह गर्नुपर्ने बताउनुभयो। पाल्पाको पत्रकारिता धेरै राम्रो रहेको, स्थानीय मिडियालाई जोगाइराख्न के गर्नु पर्छ यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।सूचना र प्रविधिलाई सगँसँगै लैजाने नयाँ पत्रकार उत्पादन गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ११ औं अधिवेशन अन्तर्गत जेठ २६ गते जिल्ला प्रदेश र संघको निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै