दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोग बढाउने

काठमाण्डौ – दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आउँदा दिनमा वृद्धि हुँदै जाने बताउनुभयो ।

कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य देशको तुलनामा आफूहरूले नेपाललाई गरेको सहयोग नमुनाका रूपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता भएयता अहिलेसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका बताउनुभयो ।

अहिले दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । दक्षिण कोरियाले विभिन्न १६ वटा देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ । त्यसमध्ये नेपाल पहिलो स्थानमा छ । नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै