९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

पर्यटनका लागी मालारानी: पर्यटन प्रबर्द्धन पत्रकार महासंघ

Workplace
हृदय भुसाल अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।
अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य  मध्ये सोमवार मालारानी गाउँपालिकाका मुख्य ३ गन्तब्य नरसिँहस्थान मन्दिर,मालारानी मन्दिर,तिलकुवा झरनामा पुगी स्थलगत रिपोटिङ्ग गरेको अभियानका प्रभक्ता हृदय भुसालले बताए ।
जिल्लाको मुख्य पर्यटकिय गन्तब्य नरसिँहस्थान मन्दिर :
भगवान बिष्णुले नरसिँह अवतार लिएर हिरण्यकश्यपको बध गरेको स्थल हो । नरसिँह स्थान यो स्थान मालारानी गाउँपालिका वाड न ७ मा पर्दछ । बिष्णु पुराण अनुसार सत्य युगमा बिष्णु भगवानले यसरी नरसिँहस्थानको रुपमा चौँथो अवतार लिई हिरण्डकश्यप राक्षसको बध गरेको मान्यतार रहको छ । भक्त प्रह्लादको रक्ष गरेकोे थिए । यो नरसिँहस्थानमा त्यही पौराणिक कथा अनुसार हिरण्यकश्यप राजाकोे दरवारको रुपमा चार ढोके प्राकृतिक गुफा नरसिँह उत्पती हुदाँ फुटेको फटिकको खम्बा नरसिँह पिता फटिकदेव प्रकट हुदा बखतको भयानका रुपमा ५२ हात अग्लो र ५२ हात फेरो भएको नरसिँहको बिशाल शिला तथा नरसिंहले हिरण्डयकश्यप राक्षसलाई काखकमा राखी मारेकाले अहिले पनि हिरण्डयकश्यप राक्षस नरसिंह शिलाको काखमै रहेको प्राकृतिक दृश्य प्रष्टसंग देखिन्छ ।
नरसिँहस्थान मन्दिरमा एक पटक अवलोकन गर्न सवैलाई आग्रह गर्दे मालारानी ७ का वडा अध्यक्ष खड्क प्रसाद भुसालले नरहिँस्थान सवैको आकर्षकको केन्द्रको रुपमा बिकास भएको बताए । अध्यक्ष भुसालले पर्यटकिय धार्मिक हिसाबले निकै नै महत्वपुर्ण र मनोआकाच्छा समेत पुरा हुने धार्मिक बिश्वार रहेको उक्त  मन्दिर लाई बिगत ७ बर्षदेखी ब्यवस्थित गरी आन्तरिक पर्यटकहरु समेत आउन थालेका बताए ।
मन्दिर पर्यटन पुर्वाधार समितीका उपाध्यक्ष तथा स्थानिय क्याप्टेन इन्द्र  बहादुर खड्काले मालारानी मन्दिरको दिनप्रतिदिन महत्व र गरिमा वढ्दै गएकोले सवैले अवलोकन गर्नुपर्ने बताए ।
जिल्लाको मुख्य पर्यटकिय गन्तब्य मालारानी मन्दिर :
मालारानी गाउँपालिकाको वाड न ३ मा रहेको मालारानी मन्दिर पर्दछ । २२ से २४ से राज्यको पालामा माला नाम गरेकाी रानी,यो स्थानमा बसेकी कारण उनैको नामवाट मालारानी रहेको कुरा किम्दन्तीमा उल्लेख गरिएकोे स्थानियले बताएका छन् ।मालारानी मन्दिर भित्र,कालीका देवी,सिद्ध,गणेश,हनुमान,होमनकुन्ड,शिब लिङ्ग लगायतका मुर्तिहरु देख्न सकिन्छ र प्रत्येक आईतवार र मंगलवार पुजा गर्ने प्रचलन रहेको मन्दिर समितीले जनाएको छ । मन्दिरबाट उतरी दिशामा फर्कदा बिभिन्न रमणिय हिम श्रृंखलाहरु पनि देख्न सकिन्छ ।रातो गुरासँ फुलेको मनोरम दृश्यको बिचमा रहेको मालारानी मन्दिरमा दैनिक जसो पर्यटकहरु आउन थालेको र थप बिकास साथै बिस्तारका लागी पालिका लागी रहेका मालारानी ३ का अध्यक्ष दण्डपाणी पोख्रेलले बताए ।
लामो समयको प्रयास पोछी मालारानीको महत्व बढेको र थप आकर्षण र बिकासका लागी सवै सरोकारवाला लाग्नु पर्ने स्थानिय रोमाहर्श खनालले बताए ।
जिल्ला मुख्य पर्यटकिय गन्तब्य तिलकुवा झरना:
प्रकृतिको अनुपम उपहारको रुपमा रहेको मालारानी २ को झरना साच्चै नै महनमोहक र पर्यटकलाई लोभ्याउने खालको देखिन्छ । जहाँ दैनिक जसो आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन्  ।
मालारानी गाउँपालिका वडा न २ र वडा ३ को बिचको खोचमा लिकुवा झरना रहेको छ । झरनामा पुग्दा सवै मानिसहरु निकै  प्रफुल्लित हुन्छन्  । प्राकृतिको अनुपम सुन्दर पर्यटकिय स्थान झरनामा नजिक नजिक दुई ठाउँमा वाडियर जोडि जस्तै झरना झरेको दृश्यावलोकनले सवैको मन लोभ्याउने खालको छ । छागोवाट खसेका पानिका कणहरुले पानीको कुहिरो लागे जस्तो देखिन्छ । जहाँ दैैनिक जसो आन्तरिक पर्यटक र विदेशी पर्यटकहरु समेत आएको स्थानियले बताए ।
तिलकुवा झरना जिल्लाको मात्र नभई देशकै महत्वपुर्ण पर्यटकिय गन्तब्यको रुपमा बिकास भएको र झरना हेर्न र अवलोकन गर्न जिल्ला भित्र  र बाहिर बिदेश बाट समेत आउने गरेको वडा न २ का अध्यक्ष योगेन्द्रनाथ भुसालले बताए ।
बिगतदेखीको लामो प्रयास पोछी तिलकुवा झरनाको धेरै प्रगती र आकर्षण वढ्दै गएको पुर्व जनप्रतिनिधी टामलाल पाण्डेले बताए  ।
पर्यटन बिकासका लागी गाउँपालिकाले योजना बद्ध रुपमा बिभिन्न कार्यक्रमहरु अगाडी बढाएको गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईले बताए ।
गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु सहित पर्यटनका कार्यक्रमलाई पनि प्राथमिकतामा राखीे बढाएको पालिका उपाध्यक्ष दिपा पोख्रेल बताईन् ।
पत्रकार महासंघले यसरी जिल्लाका प्रमुख पर्यटकिय गन्तब्यमा निरन्तर पुगी रिपोटिङ्ग गर्ने भोली भुमिकास्थान पुग्ने पत्रकार महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै